'श्रीमान्' ले रूवायो

श्रीमान्/श्रीमतीको पारिवारिक समस्या समस्या तथा उनीहरूले एक अर्कालाई बुझ्न नसक्दा परिवारमा आउने फाटोको बिषयलाई लिएर निर्माण गरिएको पारिवारिक चलचित्र 'श्रीमान्' को बिहिबार च्यारिटी शो तथा प्रेश सो गरियो ।चलचित्र हेर्न राजधानीको जमल स्थित बिश्वज्योती सिनेमा घर पुगेका दर्शक,चलचित्रकर्मी तथा सञ्चारकर्मीले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । चलचित्र हेरिसकेपछि हल बाहिर निस्कदाँ अधिकांशका आँखा रसाएका देखिन्थे । बिशेष गरी महिला दर्शकहरूले चलचित्रमा देखिएका घटना नेपाली समाजम देख्न पाइने भएकोले सो चलचित्रको कथाले आफूहरूको मन छोएको बताए ।नवल नेपालको निर्देशनमा नायक कल्याण घिमिरेले निर्माण गरेको चलचित्र'श्रीमान्'मा कल्याण घिमिरे, पुजना स्त्री, पुष्पराज पुरुष, नीर शाह, सुनिल थापा, रूपा खनाल, शुष्मा कार्की लगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक नेपालको पटकथा र संवाद रहेको सो चलचित्रमा महेश खड्काको संगीत, दिव्य सुवेदीको छायांकन, राजु शाहको नृत्य-निर्देशन र शिव पुरी एवं अरुण शर्माको सम्पादन रहेको छ ।चलचित्रको प्रदर्शन मिती भने अझै टुंगो लागी नसकेको निर्माता तथा नायक कल्याण घिमिरेले जानकारी दिए ।

0 comments:

Post a Comment