नम्बर बाँड्ने निर्देशक

चलचित्र ‘वशमा छैन यो मन’को एक दृश्यमा नायिका नन्दिता केसी ‘फिल्मी नाम स्मृति’ एक अपराधिक क्रियाकलापको छानबिनका क्रममा प्रहरीको झमेलामा पर्छिन् । जब आउने दिनहरुमा थप सोधपुछका लागि प्रहरीले उनको मोबाईल नम्बर माग्छन्, तब नन्दिताले भन्छिन्, ‘मेरो मोबाईल नम्बर ९८५१००९०८५’ । तर त्यतिबेला उनले फिल्मी झुट बोलिन् किनभने यो उनको नभै फिल्मका निर्देशक रामराजा दाहालको मोबाईल नम्बर थियो ।आफु निर्देशित सिनेमाहरुले धमाधम असफलताको बिल्ला भिर्न थालेपछि निराश भएका दाहालले दर्शकबाट उचित प्रतिक्रिया पाईन्छ कि भन्ने आशमा सिनेमाको उक्त दृश्यको सहायता लिएको बताए । त्यसो त उनी यो कार्यमा सफल पनि भए । सिनेमा हेरिसकेपछि उनलाई थुप्रै दर्शकको फोनबाटै सल्लाह, सुझाव र प्रतिक्रियाको ओईरो लायो ।‘गुरुदक्षिणा’, ‘कसम हजुरको’ लगायत थुप्रै सिनेमाहरु निर्देशन गरिसकेका दाहाल हाल सँगितकार सुरेस अधिकारीको ‘तिमी मेरो म तिम्रो’ लयायत थुप्रै प्रोजेक्टहरुमा ब्यस्त छन् । फेरी पनि मिलेसम्म आफ्नो नम्बर दर्शक माँझ पुर्याउने सुरमा छन् उनी ।धेरै दर्शकहरुबाट ‘आफ्नो सिनेमाको प्रस्तुति फरक भएको र बुझ्नै गाह्रो भएको’ प्रतिक्रिया पाएको कुरा दाहालले हामीलाई बताए । लौ है, रामराजा जी, ‘सल्लाह सुझाब मात्रै बटुल्ने चक्करमा त्यसलाई सुधार्न भुल्नुहोला नि’ ।।

0 comments:

Post a Comment