जितसँगै मोडल टिम सेमीफाइनलमा

सँधै पर्दामा देखिने कलाकारहरु र पर्दा पछाडी रहेर चलचित्र निर्माण गर्ने निर्माताहरू शनिबार धरानमा फुटवल खेल्न व्यस्त भए । चलचित्र निर्माता र मोडलहरुको सो प्रतियोगितामा ३-० गोलका अन्तरले निर्माता टिमलाई मोडेलहरुले पराजित गरे । ओम पाण्डे, राज घिमिरे र राजन राईको गोलको मद्दतले मोडल टिमले जितसँगै सेमी फाइनलको यात्रा तय गरेको छ ।आ-आफ्ना रोजाईका कलाकारको पक्षमा दर्शकहरु ठूलो-ठूलो स्वरमा समर्थन गरिरहेका थिए । जसले गर्दा खेल रोमाञ्चक बनेको थियो । उनीहरुले दर्शकको उल्लेख्य साथ पाइनै रहेका थिए । भुवन केसी, करिष्मा मानन्धर, श्रीकृष्ण श्रेष्ठ, रेश मरहठ्ठा सहितका निर्माताहरू र जयन सुब्बा, सुसान खड्का, प्रवेश गिरी, आयुषि लगायतका मोडलहरूको उपस्थितीले प्रस्तावित क्षेत्रीय रंगशालामा हरेक वर्ष हुने बुढा सुब्बा गोल्डकप फुटवल प्रतियोगिताको भन्दा कम थिएन ।'बक्स अफिस फिल्म फुटबल लिग २०६७ ' अन्तर्गत धरानमा भएको तेस्रो खेलमा निर्माता टिम पराजित भए पनि उनीहरूलाई दर्शकहरूले भरपूर साथ दिएका थिए । खेल मैदानमा नछिरे पनि कलाकार भूवन केसी र करिष्मा मानन्धरको उपश्थितीले प्रतियोगिता उद्घाटनको समय दर्शकको आकर्षण बन्न सफल भएको थियो भने नायक श्रीकृष्ण श्रेष्ठ र रेश मरहठ्ठा मैदानमा उत्रिदा दर्शकहरू निकै खुसी देखिएका थिए ।विशेष गरी बालबालिकाको हुटिङ पाएका निर्माता टिमका गोल रक्षक राते काईंला अर्थात सुनिल थापाले बललाई तीन पटकसम्म आफ्नै पोष्टको जाली चुम्ने मौका दिए पछि बालबालिकाको साथ भने केहि घटेको थियो ।निर्माताको टोलीमा अध्यक्ष राईको साथमा नायक तथा निर्माता भुवन केसी, करिष्मा मानन्धर, श्रीकृष्ण श्रेष्ठ, रेश मरहठ्ठा, सुनिल मानन्धर, सुसिल पोखरेल, जयप्रकाश रिजाललगायत ३० जना निर्माता थिए भने मोडलको टोलीमा जयन सुब्बा, सुसान खड्का, प्रवेश गिरी, आयुषि, ओम पाण्डे, राज घिमिरे, राजन राई लगायतका करिब ३५ जना मोडल सो खेलमा उपस्थित थिए ।पुराना र नाम चलेका निर्माताहरुको उपस्थितीले धरान-१६ स्थित प्रस्तावित क्षेत्रीय रंगशाला दर्शकको केन्द्र बन्न सफल भएको थियो । विभिन्न ८ वटा टीमको सहभागिता रहेको सो प्रतियोगिताको पहिलो चरण अन्तर्गतको अन्तिम खेल फाल्गुन १४ गते बुटवलमा हुँदैछ । आजको खेल सहित तीन खेल भने सकिसकेको छ ।सिनेस्टार मासिक पत्रिका, बक्स अफिस साप्ताहिक तथा नेपाल टेलिभिजन प्लसबाट प्रसारणभै रहेको चलचित्र सम्बन्धी कार्यक्रम दि बक्स अफिसले आयोजना गरेको सो फुटबल खेलको फाईनल चैत्र चैत २९ गते दशरथ रंगशालामा हुनेछ । बिजेताले नदग रू पाँच लाख पाउने प्रतियोगिता संयोजक आरके सुवेदीले जानकारी दिए ।

0 comments:

Post a Comment