बुझ्न सकिएन नवनायिकाको चाला

भनिन्छ मानिसले अरूको मन जित्नु छ भने उसले पहिलो भेटमै आकर्षक कुरा गर्छ वा त्यही किसिमको ब्यक्तित्व मानिसहरूको अगाडी देखाउछ । तर सोही मानिसले पहिलो भेटमा भिन्न प्रकृतिको ब्यबहार देखाउछ भने अवश्य पनि ती कुराहरू अपाच्य बन्न सक्छ ।यस्तै भयो हिजो बुधबारको प्रेस शोमा जहाँ चलचित्र स्वरको विशेष प्रदर्शनी भएको थियो । ग्रयाण्ड प्रदर्शन भनि बेलुकी ठीक पाँच सो चलचित्रको टिमले सञ्चारकर्मी र चलचित्रकर्मीलाई फिल्म हेर्न जय नेपालहलमा निम्ता दिएको थियो । जस अनुरूप ठीक ६ बजे सवैको उपस्थितिमा उक्त टिमले फिल्म स्क्रिनिङ गर्ने योजना बनाएको थियो । तर योजना अनुरूप सोही चलचित्रका नायिका त्रय केकी अधिकारी, रिमा विश्कर्मा तथा बेनिषा हमालको निकै ढिला उपस्थितिले फिल्म शो निर्धारित समय भन्दा ठीक ४२ मिनेटपश्चात अर्थात ६ बजेर ४२ मिनेट हुदा स्क्रिनिङ गरिएको थियो । पहिलो चलचित्रको प्रिमियरमा भब्य पहिरनमा आउन कुन चाहि कलाकारलाई रहर हुदैनर ? जस अनुरूप सोही चलचित्रका नायिका त्रयले यिति धेरै मेकअप गरेछन्की उनीहरूलाई दिएको समय नाघेको अत्तोपत्तो भएनछ् । सोही चलचित्रका मुख्य नायक राजबल्लभ कोइराला निर्देशक प्रसन्न पौडेल सहित आफ्ना तीन जना निर्माताहरूसँग पाँच बजेनै सिनेमा भवनमा उपस्थित भएका थिए । तर चलचित्रका मुख्य नायिकाहरू समयमा उपस्थित नभैदिदा सञ्चारकर्मीको विभिन्न प्रश्नमा निर्देशक पौडेल निकै तनावमा देखिएका थिए । अहिले आउलान भरे आउलान भन्दै हिरोइन कुर्दा निर्देशक पौडेल र सो चलचित्रका निर्माता त्रयको छटपर्टाई सो प्रिमिरको प्राङ्गणमा स्पष्ट देखिएको थियो ।'तिमिहरू कहाँ आईपुग्यौ ?'भनी प्रसन्नले नायिकाहरूलाई प्रत्येक मिनेटमा फोन गर्थे तर मेकअपमा लठ्ठ भएका हेरोईनहरूको सानो आश्वासनले पौडेल रिसले मुर्मुरिदै फोन राख्न बाध्य हुन्थे । यसै समाचारलाई फलो गर्दै फिल्मीखबरले ठीक सवाँ ६ बजे नायिका त्रय मध्येकी एकलाई फोन सर्म्पर्क गर्दा उनले डिल्लीबजारमा आईपुगेकी प्रतिक्रिया दिएका थिइन् अनन्तत् ठीक साढे ६ बजे उनीहरूको उपस्थिति भयो जयनेपाल प्राङ्गगणमा जहाँ चिसो मौसममा गर्मीको जस्तै पहिरन, त्रय मध्येकी दुई नायिकाले लगाएको देख्दा सञ्चारकर्मी निकै अचम्ममा परेका थिए । तर ढिला उपस्थित भएका कारण तीनीहरूको पहिरनलाई अन्य पाहुनाले स्क्रिनिङ अगाडी देख्न पाएनन् । माघ १९ गतेको साझ निकै जाडो थियो तर शरिरमा लगाउने ज्याकेटलाई हातमा भिरेर सो चलचित्रका दुई नायिका रिमा विश्वकर्मा र बेनिषा हमालको बहादुरी इन्ट्रीमा केकी अधिकारी पनि मुछिएकी थिईन्,किनकी उनीहरूसँगै केकी पनि थिईन् । निकै राम्रो सम्भावना बोकेकी केकी मौसम अनुकुलको पहिरनमा भएकाले उनी आलोचनाको पात्र बनिन् ।उसैत समयको ख्याल नगरी आफ्नो पहिलो प्रिमियरमा ढिला उपस्थित भएका यि नव नायिकाको तालले के संकेत गर्छ ?समयको ख्याल नभएको हो वा माघको मध्य जाडोमा आफ्नो ग्ल्यामार शरिर देखाउने रहर उनीहरूलाई भएको हो ? बुझ्न सकिएन नवनायिकाको चाला ........

0 comments:

Post a Comment