साताको ग्रस कलेक्सन

नेपाली सिनेमाको बसन्त ब्यापारलाई भ्यालेन्टाइन डेले पनि उकास्न सकेन । बसन्त ऋतुको सुरुआतमै स्वदेशी सिनेमाले एक लज्जास्पद संकट ब्योहोर्नुपर्यो । कारण –रिलिजको पहिलो दिनमै फेन्टासी श्रेणीको सिनेमा ‘बस नम्बर १३६’ उपत्यकाका हलबाट क्लिन भैसकेको थियो । जुन चलचित्रलाई रिप्लेस गरेर प्रदर्शकले अन्य सिनेमा प्रदर्शन गरे । त्यसपछि सुरु भयो स्वदेशी सिनेमाको लरखराउदो ग्रस कलेक्सनको सिलसिला ।श्रीकृष्ण लुइटेल, मेलिना मानन्धर, राजाराम पौडेल स्टारर यो सिनेमाले ग्रस कति कलेक्सन गर्यो भन्दा पनि ओपनिङमै कति हलबाट बढारियो भन्ने घटना भइदियो । वितरक सुनिल मानन्धरका अनुसार यो सिनेमाले एकलाख नपुग कलेक्सन गरेको छ ।आशा गरिएको सांगीतिक चलचित्र ‘स्वर’को कलेक्सनले पनि निर्मातालाई खुशि तुल्याउन सकेन । सप्ताहन्तसम्म ४० लाख ग्रस बटुलेको ‘स्वर’ समाचार तयार पार्दासम्म पाच थिएटरमा स्क्रिनिङ भैरहेको छ ।वितरक डिजिटल सिनेमा नेपालका अनुसार लोकेन्द्र कार्कीले निर्माण गरेको मेगाप्रोजेक्ट 'शासनले' चारदिनमा झन्डै ३० लाख ग्रस संकलन गरेको छ । सर्वाधिक लगानीको यो सिनेमाले ओपनिङ र विदाका दिनबाहेक आफ्नो पिकअप लिन सकेको छैन । डीसीएन वितरण प्रमुख दीपक दंगालका अनुसार भ्यालेन्टाइन डे र शनिबारको विदाले यो चलचित्रको ब्यापारमा केही उत्साह थपेको थियो । जुन उत्साह मंगलबारदेखि ओरालो लाग्दैछ । दीलिप रायमाझी, विराज भट्ट मल्टिस्टारर सिनेमा ‘इतिहास’ सातलाख ग्रस बटुल्दै प्रदर्शनबाट बाहिरिएको छ । वितरकहरूका अनुसार पछिल्लो समय ठूला लगानीका चलचित्रले राम्रो ब्यापार गर्न नसक्नुमा पुरानै ट्रेन्ड जिम्मेवार छ । निर्माता संघका कार्यकारी सदस्य जयप्रकाश रिजाल भन्छन्, ‘साताको अन्तरालमा लगाउन सकियो भने निर्माता र प्रदर्शक दुवैलाई फाइदा छ ।

0 comments:

Post a Comment