हामी तिन दिदी बहिनी

मेरोसिनेमा काठमाडौं १९ माघ,
निर्देशक प्रशन्न पौडेलले चलचित्र स्वर मार्फत नेपाली रजतपटमा तिन आशलाग्दा अनुहारहरुको उदय गराएका छन् । ति अनुहारहरु हुन् केकी अधिकारी रिमा बिश्वकर्मा र बेनिषा हमाल ।
हुन त कसैको क्षमतालाई तौलनु अनुचित मानिन्छ तै पनि उनीहरुसँगको काम गराईको अनुभवको आधारमा निर्देशक प्रशन्न पौडेल केकी अधिकारी रिमा बिश्वकर्मा र बेनिषा हमाललाई अभिनयको हिसाबले क्रमशः एक-अर्का भन्दा पोख्त ठान्दछन् । प्रशन्नको मुल्याङ्कन आफ्नो ठाउँमा छ दर्शकको नजरले जे देख्छ त्यो नै सत्य हो ।यि तिनमध्ये नायिका केकी अधिकारी रगँकर्मी बद्री अधिकारीको छोरी पनि हुन् तर ऊनी आज जुन स्थानमा छिन् धेरै त आफ्नै मेहेनतको कारणले छिन् । थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी केकी दर्शकको माया र आफु प्रतिको सद्भावका कारण हर्षित छिन् ।'उपत्यका बाहिरका दर्शकहरुले स्वरलाई माया गरिदिनु भएको छू चलचित्र स्वरलाई हेरेर राजधानी बाहिरका दर्शकहरुले दिएको प्रतिकि्रया सम्झँदै केकी भनिछन् 'उपत्यका भित्रका दर्शकहरुले पनि हामीलाई त्यतिकै माया गर्नुहुन्छ भन्ने बिश्वासमा छौँ'। केकी हाल 'आई एम सरी'र अन्य २ प्रोजेक्टमा ब्यस्त छिन् ।अर्की नयिका रिमा बिश्वकर्मा एक सँचारकर्मी पनि हुन् ।नेशनल टेलिभिजनमा समाचार वाचिका समेत रहेकी रिमा पनि थुप्रै म्युजिक भिडियोहरुमा छाईसकेकी छिन् ।स्वरबाट ठुलो आश गरेकी रिमाले स्वर पश्यात् अन्य चलचित्रहरुमा पनि अफर पाएकी छिन् जसको हाल ऊनी स्क्रिप्ट नियाँल्दै छिन् ।यता अर्की नायिका बेनिषा हमालले पनि स्वरमा आफुले गरेको अभिनयबाट चौतर्फी वाह वाह पाईरहेकी छिन् । स्वर हेर्न युवापुस्ता मात्रै नभै एक ७० बर्षिया बृद्धा पनि पाल्नुभएको राजधानी बाहिरको घटनालाई सम्झदै बेनिषा भन्छिन्'स्वर पछि बद्री अधिकारीको प्रोजेक्ट 'ज्यान हाजिर छुमा अभिनय गरिसकेकी छु र अन्य ४ ५ वटा चलचित्रको स्क्रिप्ट हेर्दैछु'।यसरी नेपाली रजतपटमा त्रिमुर्तिको उदय भएको छ । स्तरीय र पृथक चलचित्रलाई मात्र मान्यता दिने यि तिन दिदी बहिनीलाई आगामी फिल्मी यात्राको लागि हाम्रो शुभकामना ॥
'जय होस् तपाईहरुको'॥

0 comments:

Post a Comment