अर्का नाँच्न नजान्ने हिरो

नेपाली चलचित्र क्षेत्रमा नाँच्न नजान्ने हिरोहरुको बिगबिगी छ । यहि लाईनमा अर्को नाम पनि थपिएको छ । हाल मुलुकभर प्रदर्शन भैरहेको चलचित्र ‘शासन’का नायक लोकेन्द्र कार्कीलाई नेपाली दर्शकले नाँच्न नजान्ने हिरोको दर्जा दिए ।सकेसम्म फिल्म नै खेल्दिँन र लभस्टोरी फिल्म त खेल्दै खेल्दिँन भन्ने कार्की आफुलाई नाँच्न नआउने कुरा सहर्ष स्विकार्छन् । भन्छन्,‘म लभरब्वाई जस्तो देखिन्नँ, यदि समाजमा आमुल परिवर्तन ल्याउँने खालको कथाबस्तु भएको सिनेमामा अफर आयो भने म गर्छु, नत्र भने कहिँकतैबाट लभस्टोरी फिल्मका लागि अफर आयो र दश लाख रुपैँया दिए भने पनि म त्यो फिल्म खेल्दिँन्, कुरा सही हो मलाई नाँच्न आउँदैन’।त्यसो त शासनमा आफुले गरेको भुमिकालाई दर्शकले मन पराएको कुरा भन्न पनि उनी छुटाउँदैनन् । दर्शकसँग बसेर शासन हेर्दाको समयमा चलचित्रमा रहेका मायाको कुरा भन्दा पनि देशको शासनका बिषय र द्धन्दका दृश्यहरुलाई उनीहरुले मन पराएको प्रतिक्रिया कार्कीले पाए । चलचित्र हेरिसकेपछि कतिले आफुलाई ‘बन्दुक बोक्दा सुहाउने हिरो र कतिले नाँच्न नजान्ने हिरो’को सँज्ञा दिएको अनुभव पनि उनले बाँडे चलचित्र ‘सोल्टिनी’मा आफुले गरेको नृत्यलाई दर्शकले मन पराएको बताउने कार्की बिशेषत अन्तराष्ट्रिय ब्यापारमा सँलग्न रहेका छन् ।भनेपछि स्ट्रोङ्ग क्यारेक्टर मात्र प्ले गर्ने यि हिरोलाई कसैले त्यस्तो फिल्मका लागि अफर गर्लान् या नगर्लान् त्यो त समयले नै बताउला ।

0 comments:

Post a Comment