'जिन्दगानी दर्पणछायाँ' लाई 'यू' सर्टिफिकेट

नयाँ बर्षको शुरूवात सँगै प्रदर्शनको थालनी गर्ने भनिएको चलचित्र 'जिन्दगानी दर्पणछायाँ' ले बिश्वभर प्रर्दशन गर्न पाउने गरि युनिभर्सल (यू) सर्टिफिकेट पाएको छ ।गत सोमबार केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्रका कुनै पनि संवाद र दृश्यमा कैंचि नलगाई विश्व्यापी प्रदर्शन गर्न सकिने सिफारिसको प्रमाणपत्र प्रदान गरेको चलचित्रका निर्देशक मनिष पन्थले फिल्मीखबरलाई जानकारी गराए । तत्कालिन राजदरबार हालको नारायणहिटी संग्राहलयमा पहिलो पटक छायाकंन गरिएको सो चलचित्रलाई सरिता पुरी, रोहित पुरी, स्पन्दन पन्थ तथा गिरी प्रसाद पुन (लाहुरे दाई) ले निर्माण गरेका हुन् ।श्रीनगर फिल्मस प्रालिको व्यानरमा निर्माण भएको सो चलचित्रमा दिलीप रायमाझी, नन्दिता केसी , सन्तोष अग्रहरि र रजनी प्रधानको मुख्य अभिनय रहेको छ । निर्देशक पन्थको लेखन तथा छायाँकन रहेको उक्त चलचित्रमा बिरेन्द्र अग्रहरिको संगीत, दिनेश अधिकारीको नृत्यनिर्देशन, सानु कुमारको द्वन्दनिर्देशन तथा सुमन थापाको सम्पादन रहेको छ ।

0 comments:

Post a Comment