शासनको लगानी उठ्ला कि नउठ्ला ?

गएको माघ २८गतेदेखि देशभर प्रदर्शनमा आएको लोकेन्द्र कार्कीको निर्माणमा बनेको नेपाली सिनेउद्योगकै सबैभन्दा महँगो मानिएको सिनेमा ‘शासन’ले आफ्नो लगानी उठाउला कि नउठाउला भन्ने प्रश्न हाल चलचित्र पण्डितहरुको माँझमा चासोको बिषय बनेको छ ।केहि चलचित्रकर्मीहरु माँझ हामीले यो प्रश्न राख्दा सबैको एउटै उत्तर आयो,‘खै उठ्दैन होला’!!हाल उपत्यकाका १४ र उपत्यका बाहिरका केहि हलहरुमा प्रदर्शन भैरहेको ‘शासन’ भोलिदेखि उपत्यकाका चार हलमा सिमित हुँदैछ ।सिनेमाले हालसम्म ६० लाख रुपैंया हाराहारीको ब्यापार गरेको बितरक सुनिल मानन्धरले बताए ।त्यसो त लागानी नउठ्ने कुरा सुनिलले पनि गरे । ‘सिनेमाको मार्केट यस्तो छ, कहाँ उठ्छ डेढ करोड लगानी’ सुनिलले बताए ।यता यसका निर्माता लोकेन्द्र कार्की भने बेग्लै कुरा गर्छन् । ‘हामी यसलाई बिदेशी बजारमा लान्छौं, फिल्मले नाफा कमाउला नकमाउला तर लगानी उडाउँछ’ कार्कीले भने । कार्कीले चाँडै नै देशका उच्च ओहदामा रहेका ब्यक्तिहरुलाई फिल्म हेराउने कुरा पनि ब्यक्त गरे । सिनेमाले जति रकम उठाउँछ, त्यसको २० प्रतिशत स्वास्थ्य, शिक्षा र बयोबृद्धहरुमा समर्पित गरिने कुरा पनि कार्कीले बताएका छन् ।
उपत्यकाभित्र भोलिदेखि ‘तहल्का डटकम’ र ‘कसम’ नाम गरेका दुई सिनेमाहरु प्रदर्शनमा आउँदैछन् ।

0 comments:

Post a Comment