मनमनै मन पराउँदै दर्शक

शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र'मनमनै मन पराएँ' लाई दर्शकले पनि मनमनै मन पराएको दाबी चलचित्रको निर्माण युनिटले गरेको छ ।पछिल्लो समयमा चलचित्रको व्यापार नराम्रो भईरहेको अवस्थामा निर्देशक राजेन्द्र उप्रेतीले भने आफ्नो चलचित्रको व्यापार सन्तोष जनक रहेको बताएका छन् । उनले भने,'मेरो चलचित्रलाई दर्शकले मनमनै मन पराईदिनु भएको छ । जसले गर्दा भोलीका दिनमा चलचित्र हेर्ने दर्शकको संख्या अझ बढ्ने देखिन्छ ।'रामेश्वर भट्टराई र उत्तम केसीले निर्माण गरेको सो चलचित्रमा मुकेश ढकाल, राज तिम्लिसिना, ऋचा सिंह ठकुरी, जय किशन बस्नेत, मिथिला शर्मा, सुनिल थापालगायतले अभिनय गरेका छन् । चलचित्रमा नायक ढकाल पहिलो पटक खलपात्रको रूपमा प्रस्तुत भएका छन् । चलचित्रमा आफ्नो माया खोज्दै गरेकी आरजे युवती र दुई युवकको कथालाई त्रिकोणात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

0 comments:

Post a Comment