प्रशन्नलाई दुई नायिका चाहियो

हाल देशभर प्रदर्शन भैरहेको एम आर एस मुभिजको निर्माणमा बनेको सिनेमा ‘स्वर’का निर्देशक प्रशन्न पौडेललाई आगामी दुई प्रोजेकटको लागि दुई नयाँ नायिका चाहिएको जानकारी हामीले पाएका छौं ।लगभग चैतको मध्यतिरबाट छायाँकन सुरु हुने आफ्नो नाम नखुलाईएको प्रोजेक्ट र असारबाट सुरु गरिने ‘विकज आई लभ यु’का लागि आफु अहिले नायिकाहरुको ब्यापक खोजीमा लागेको' पौडेलले बताए । ‘विकज आई लभ यु’मा बिमलेश अधिकारी, राजबल्लभ कोइराला, दिवश उप्रेती र मुकेश आचार्य जस्ता नायकहरु छनोट गरिसकेका उनको अर्को सिनेमा भित्र दुई नायक रहनेछन् ।यसैबिच स्वरले कस्तो ब्यापार गर्यो त भनी प्रश्न गर्दा पौडेलले भने,–‘अहिलेको अवस्थामा लगानी उठ्नु नै ठुलो कुरा हो, जे होस् लगानी उठ्यो’ । आगामी चलचित्र झनै स्तरीय हुने कुरा पनि उनले बताए ।अब यहाँ प्रश्न उठ्ने नै भो,‘थुप्रै म्युजिक भिडियोहरुमा नयाँ–नयाँ महिला अनुहारहरुलाई मौका दिने प्रशन्नको सिनेमाको लागि त नयाँ नायिका भेटिन मुस्किल पर्यो भने अरु नयाँ नायिका लिन खोज्ने निर्माता, निर्देशकहरुको हालत के होला ?’

0 comments:

Post a Comment