जश पाएनन् राजबल्लभले

कुनै पनि काम गरिसकेपछि त्यसको जश पाईएन भने कसलाई अर्को काम गर्ने जाँगर चल्छ र ?? आजकाल यस्तै भा’को छ नायक राजबल्लभ कोइरालालाई ।चलचित्र ‘पखिबसेँ’बाट नायकको पगरी गुथेका राजबल्लभका त्यसपछिका कुनै पनि फिल्मले उल्लेखनिय ब्यापार गर्न सकेनन् ।पर्खिबसेँ पछिका लगभग दुई दर्जन फिल्मको असफलताले राजलाई यो फिल्मी क्षेत्रले आफुलाई दिएको नायकको ताज निल्ने कि ओकल्ने भैरहेको छ ।गएको शुक्रबारबाट राजधानीका हलहरुमा प्रदर्शन प्रारम्भ गरेको राज अभिनित चलचित्र ‘स्वर’को पनि निको चाल नदेखेपछि त ऊनी झनै दिक्क भएका छन् । यसअघि उनले ठुलो आश गरेको चलचित्र ‘हाँसिदेऊ एक फेर’ले पनि हावा खाएको थियो ।अहिले स्वर हेरिसकेपछि पनि चलचित्रका पण्डितहरुले आफुलाई जश नदिएको बताउँछन् राज । “छानी छानी फिल्म खेलिरा’छु तै पनि जश पाईन्न”, राज भन्छन्, “यहाँ गिलासमा पानी आधा भरिएको छ भनेर कसैले भन्दैन, त्यसको बदलामा आधा गिलास खाली छ भनेर भन्छन्, अनि कहाँ हुन्छ”। कतिले त आफुलाई ‘स्क्रिप्ट हेरेर फिल्म खेल्न’ सुझाव दिएको पनि राजले बताए ।त्यसो त चलचित्र “वशमा छैन यो मन”मा उनले गरेको खलनायकको भुमिकालाई चलचित्रका पण्डितहरुले मनपराई उनलाई अवार्ड समेत दिलाएका थिए ।भनेपछि राज जी, नायक छोडेर खलनायकतिर पो सोच्ने हो कि ? के गर्नु जश त पाउनु पर्यो नि हैन र ?तर काम गर्दै जानुस एकदिन ‘जश’ अवश्य पाईन्छ ,एउटा भनाई नै छ नि, राज जी,“ हिरोको रोल लास्टमा हुन्छ” ।

0 comments:

Post a Comment