
गोर्खापल्टन हिरो तथा इण्डियन आइडल -३ का बिजेता प्रशान्त तामाङले बिबाह गरेका छन् । गत फाल्गुन ४ गते नायक तामाङले भारतको नागाल्यान्ड निवासी गीता थापा मगरसँग लामो प्रेम पश्चात बिबाह गरेका हुन् ।केहि महिना अघि मात्र प्रशान्तले गोर्खापल्टनको प्रेस मिटमा एअर होस्टेजको काम गर्दै आएकी आफ्नी प्रेमिकासँग यसै बर्ष बिबाह गर्ने बाचा गरेका थिए र उनले सो बाचालाई पूर्णता दिएका छन् । चलचित्र गोर्खापल्टनका निर्माता जितु बंशल र 'अँगालो यो मायाको' का निर्माता किशोर दुङमाली प्रशान्तको बैबाहिक कार्यक्रममा सहभागी हुन नागल्याड पुगेका थिए ।संगीतकर्मी बन्ने सपना बोकेर २०४२ तिर काठमाडौं पसेका प्रशान्तले पहिलोगीत 'मलाई सम्झी नरोऊ है आमा बोलको गीत गाएका थिए । त्यसपछि उनले थुप्रै गीत गाए र इण्डियन आइडल -३ का बिजेता समेत बने । गायक हुँदै नायक बनेका प्रशान्तले गोर्खापल्टन,

अँगालो यो मायाको र किन मायामा नामक चलचित्रमा अभिनय गरिसकेका छन् ।
नायक प्रशान्त तामाङ र गीता थापा मगर बैबाहिक जीवनमा गाँसिएको सुखद उपलक्ष्यमा द नेपाल~रोमानिया डटकम परिवार उहाँहरुको शुखद दाम्पत्य जीवनको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ ।
0 comments:
Post a Comment