आफ्नै सँगीत चोर्ने सँगीतकार

लगभग चार दशक अघितिर नेपाली सिनेमा ‘माया’मा सुमधुर सँगीत भरेर सिनेमा सँगीतमा प्रवेश गरेका सँगतिकार शम्भुजित बास्कोटा आफुलाई ‘आफ्नै सँगीत’ चोर्ने सँगीतकार भन्न रुचाउँछन् ।हालसम्म तिनसय भन्दा बढि सिनेमाहरुमा सँगीत प्रदान गरिसकेका बास्कोटाले हालसालै ‘साथी म तिम्रो’,‘मृगतृष्णा’,‘जय होस’,‘मेरो के गति हुने हो’,‘राज’ लगायतका थुप्रै नेपाली सिनेमाहरुमा सँगीत भरेका छन् । चलचित्रको कथा, धार र मर्म बुझेर सँगीत दिने गरेको बताउने बास्कोटा भन्छन्,‘ हेर्नुस् अरु अरुले हिन्दी नयाँ पुराना गीतलाई उल्टो पाल्टो पारेर सँगीत चोर्ने काम गर्छन् तर म आफ्नै सँगीतहरुलाई पुनः ताजा बनाउने हिसाबले त्यसबाट प्रभावित हुन्छु’ ।२०४५–४६ सालतिर सम्भवत बिश्वकै पहिलो टेलिभिजन रियालिटी शो ‘प्रतिभाको डवली’ आफैले सुरु गरेको बताउने बास्कोटाका थुप्रै गीतहरु उनले सँगीत भरेका अघिल्ला गीतहरुसँग मिल्ने गरेका छन् ।दिपक रायमाझीको निर्देशनमा बनेको सिनेमा ‘हाम्रो मिलन कहिले हुन्छ’को ‘जागे सारा रात’ बोलको गीत दिपक रायमाझीकै सिनेमा ‘अँगालो–आगालोमा’को शिर्ष गीतसँग मिलेको पाईन्थ्यो । यता, बासकोटाकै सँगीत र शोभित बस्नेत निर्देशित‘चिनो’को ‘लैजाऊ मलाइ’ बोलको गीत उनकै सँगीतले सजिएको ‘यो मायाको सागर’को शिर्ष गीतसँग मिलेको पाईन्थ्यो । त्यस्तै, प्रदर्शनरत सिनेमा ‘शासन’को एक ‘रत्यौली भाका’ पनि सिनेमास्कोप सिनेमा ‘माईली’को ‘जाउन ठमेलमा’ बोलको गीतसँग मिलेको पाईन्छ ।

0 comments:

Post a Comment