ऋचाको 'ब्रेक फेल'

काठमाडौं, माघ २६ (नागरिक)– अभिनेत्री ऋचा घिमिरेले कमेडी फिल्म 'ब्रेक फेल' बनाउने भएकी छिन्। संविधान बनाउन जिम्मा पाएकी सभासद् सपना प्रधानले मंगलबार बेइजिङ डक रेस्टुरेन्टमा फिल्मको मुहूर्त गरिन्। 'नेपालमा रमाइलो खालको फिल्म बन्न लागेको रहेछ,' उनले जोड दिइन्, 'अबको संविधानमा फिल्म क्षेत्रलाई पनि समेट्नु पर्छ।'हल्का हँसाउने फिल्म मन पर्ने हुँदा आफू 'ब्रेक फेल'को कार्यक्रममा आएको उनले बताइन्। वर्ल्डवाइड मुभिमेकरको प्रस्तुति 'ब्रेक फेल'मा राजेश हमाल, ऋचा घिमिरे, विमलेश अधिकारी, निरज बराल, अस्मिता कँडेलले अभिनय गर्दैछन्। निर्माताहरू शिवहरि कार्की र मनोजकुमार घिमिरेले लगानी गर्ने 'ब्रेक फेल'को निर्देशन शंकर घिमिरेले गर्नेछन्। सत्यस्वरूप आचार्य र युग भुषालले संगीत दिनेछन्।
फिल्मको सुटिङ काठमाडौं, पोखरा र धरान लगायतका छिट्टै सहरमा गरिने जानकारी निर्देशक घिमिरेले गराए।

0 comments:

Post a Comment