बिग सिनेमामा लोडसेडिङ्ग

नेपाली सिनेमा उद्योगकै सबैभन्दा महँगो सिनेमा भनिएको ‘शासन’को प्रिमियर शो मँगलबार राजधानीको सिटी सेन्टरस्थित बिग सिनेमामा आयोजना गरियो ।निर्माता सँघका अध्यक्ष राजकुमार राई र पत्रकार ऋषि धमलाले चलचित्रका सम्बन्धमा केहि बोलेपछि सुरु भएको कार्यक्रम बिच सँचारकर्मी तथा निर्माता जयप्रकाश रिजाल कार्यक्रम प्रस्तोताका रुपमा देखिन्थे ।केहि समयपछि फिल्म त सुरु भयो तर मध्यानतरतिर अचानक फिल्मको पर्दामा कलाकारहरु चलमलाउन छाडे । सबैतिर अध्याँरो छायो तैपनि कसैले फिल्म हल भने छोडेनन् किनभने सुरुवातमै कार्यक्रमका प्रस्तोता जयप्रकाशले भनेका थिए कि, ‘शासन फिल्म बुझ्नलाई अनत्यसम्म हेर्नैपर्छ ’।यसरी बिग सिनेमामा रहेका दुईवटा जेनेरेटरहरुको मर्मत कार्य भैरहेकोले फिल्म हलमा समेत लोडसेडिङ्ग भयो । यस्तै घटना केहि बर्ष अघि एउटा फिल्मको प्रिमियर शोमा पनि भएको थियो । ‘अन्तराष्ट्रिय सम्मेलन केन्द्र’मा भएको भुवन केसीको चलचित्र ‘करोडपति’को प्रिमियर शोमा पनि मध्यान्तरतिर यसरी नै लोडसेडिङ्ग भएको थियो तर दुःखको कुरा त्यो शोमा भने त्यसपिछ सबै दर्शकहरु हलबाट बाहिरिएका थिए ।ल हेर्नुस त बिजोग, ‘जनताको घर घरमा त लोडसेडिङ्ग भैरहेकै थियो, अब हलमा समेत’ ।शासनका नायक तथा निर्माता लोकेन्द्र कार्कीलाई हाम्रो अनुरोध, लोकेन्द्र जी, फाल्गुनमा राष्ट्रपति, प्रधानमन्त्री र देशका उच्च ओहदामा रहेका बरिष्ठ ब्यक्तिहरुलाई देखाईने भनिएको शासनको बिशेष शो पनि बिग सिनेमामै आयोजना गर्नुहोला ।यदि उक्त शो बिच पनि यस्तै घटना घट्यो भने बुझ्नेछन् नि, हाम्रा देशका बरिष्ठ ब्यक्तिहरुले “नेपाली जनता र सिनेमा क्षेत्रको हबिगत ”।।

0 comments:

Post a Comment