ट्याग गर्छिन् रेखा

नायिका रेखा थापालाई फेसबुकको भुत चढेको धेरै भएको छैन । केहि महिना अगाडी मात्र हो उनले फेसबुक एकाउण्ट खोलेको । फेसबुकमा आफ्ना थुप्रै फेक अकाउण्ट देखेपछि बाध्य भएर आफ्नै अकाउण्ट खोलेकी रेखाले आजभोली फेसबुकमा निकै समय खर्चने गरेकी छिन् ।शुरूमा त उनले आफ्नो चलचित्रको प्रचारको लागी फेसबुकको प्रयोग गरिन् । नेपालमा चलचित्र प्रदर्शन भईसकेपछि उनले फेसबुकलाई आफ्ना भावनाहरू पोख्ने माध्यम बनाईन् ।उनका साथीहरूले उनले राखेका स्टाटस र तस्विरहरूमा निकै कमेन्ट पनि गर्ने गरेका छन् जसले गर्दा पनि उनी फेसबुक चलाउन निकै हौसिएकी छिन् ।अहिले रेखा होम प्रोडक्सनको चलचित्र 'कस्ले चोर्‍यो मेरो मन' को प्रदर्शनका लागी अष्ट्रेलिया पुगेकी छिन् । उनले यो समयमा आफ्नो चलचित्र प्रदर्शन भईसकेका र हुन लागेका ठाउँहरूको बारेमा उपडेट गराईरहेकी छिन् । त्यति मात्र हैन उनले अष्ट्रेलिया भ्रमणमा खिचेका तस्विरहरू पनि आफ्नो वालमा राखेकी छिन् । उनले जति फोटो अपडेट गर्छिन् ति सबै आफ्ना नजिकका नजिकका साथी र पत्रकारलाई ट्याग पनि गर्ने गरेकी छिन् ।उनले पत्रकार साथीहरूलाई नै किन ट्याग गरिन् त ? कतै आफ्नो फोटो छापियोस् भनेर त हैन रेखा जि पत्रकारहरूलाई फोटो ट्याग गरेको ?

0 comments:

Post a Comment