देशभर हिउँका लप्काहरू

माओवादीले सञ्चालन गरेको दश बर्षे युद्धको अन्तरकथाको साथमा दुई सय चालिस बर्षे राजतन्त्रको पतनको पृष्ठभुमिलाई समेटेर निर्माण गरिएको वृत्तचित्र 'हिउँका लप्काहरू' शुक्रबारबाट देशभरका करिब ४० सिनेमा घरमा प्रदर्शन भईरहेको छ ।अन्तर्राष्ट्रिय ऐक्यबद्धता समूह ग्रिन्सो नेपाल र भारतको थर्ड वल्र्ड मिडियाले निर्माण गरेको सो वृत्तचित्रमा माओवादी अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराईका साथसाथै जनसेनाका कमान्डर तथा जनयुद्धका प्रत्यक्षदर्शीको अन्तवार्ता छ । वृत्तचित्रमा माओवादीले विभिन्न ठाउँमा गरेका आक्रमण तत्कालीन सरकारसँगको शान्तिवार्ता, विभिन्न देशमा राज्यविरुद्ध गरिएका आन्दोलनका आकर्षक झलकहरू समेटिएको छ ।भारतीय पत्रकार आनन्दस्वरुप बर्माको लेखनमा बनेको सो वृत्तचित्रको निर्देशन आशिष श्रीवास्तवले गरेका हुन् । बिहिबार राजधानीको जयनेपाल हलमा प्रचण्ड, बाबुराम, बामदेब गौतम, जनार्दन शर्मा लगायतका नेता सो वृत्तचित्र हेर्न पुगेका थिए । सो वृत्तचित्रलाई डिसिएन नेपालले बितरण गरेको छ ।

0 comments:

Post a Comment