फोनबाटै हिरोको भ्यालेन्टाइन

हिरो श्रीमान निखिल उप्रेती थाइल्यान्डमा छन् र उनकी पत्नी तथा अभिनेत्री सन्चिता लुइँटेल काठमान्डूमा । यद्यपी यो जोडीलाई प्रेम व्यक्त गर्न भौगोलिक सीमाले छेकेन । निखिलले माइतमा रहेकी कान्छी पत्नी सन्चितालाई आइतबार फोनबाट भने –ह्याप्पी भ्यालेन्टाइन डे बेबी ।’ सन्चिताले पनि निखिलको विस खस्न नपाउँदै भनिन्, ‘टु यू ।’ फोनमार्फत निखिल–सन्चिताले भ्यालेन्टाइन डे शुभकामना आदानप्रदान गरे ।यतिबेला निखिल स्काइ डाइभिङको तालिमको क्रममा टापु राष्ट्र थाइल्यान्डमा छन् भने सन्चिता काठमाण्डूमा । स्रोतका अनुसार निखिल दसदिनमा मुम्बइ हुँदै काठमाण्डू आउँदैछन् । बताइएअनुसार एक नयाँ प्रोजेक्टका लागि एक्सन नायकले लोकेसन हन्टिङ गर्नेछन् । हुनपनि निखिल–सन्चिता यतिबेला दैनिक एकघण्टा बढी समय फोनमा कुरा गरेर बिताउने गर्छन् । बाटो टाढा भएपनि मन टाढा छैन भन्ने उखान निखिल–सन्चिताको फोन भ्यालेन्टाइनले पुष्टि गर्छ । यो जोडीलाई प्रेमदिवस र सुनिश्चित करियरको शुभकामना ।
स्काइपमार्फत जीवनको पनि
पूर्वमिस्टर नेपाल तथा लभरव्वाइ जीवन लुइँटेलले पनि कंगारुको देशमा रहेकी आफ्नी भ्यालेन्टाइन अन्जली शर्मालाई प्रणय दिवसको शुभकामना व्यक्त गरेका छन् । स्काइप च्याटमार्फत जीवनले आइतबार पत्नी अन्जलीलाई ह्याप्पी भ्यालेन्टाइन भने । डेढवर्षदेखि अलग रहेको यो जोडीले सोसल साइट र फोनमार्फत नै प्रेमदिवस मनाउने प्लानमा छ ।

0 comments:

Post a Comment