भुवनसँग अफबिट कुराकानी

सुपरस्टार नायक भुवन केसीको स्कुले जीवनलाई लिएर हामीले १० प्रश्नहरु राखेका थियौ । हेरौं, हाम्रो प्रश्न, भुवनको उत्तर ।
०१– ¬हाम्रो प्रश्न– तपाईलाई मनपर्ने बिषय कुन थियो ?
भुवनको उत्तर– खै कुन भन्ने पढ्नै अल्छी लाग्थ्यो ।
०२– ¬हाम्रो प्रश्न– पढाईमा कत्तिको ट्यालेन्ट हुनुहुन्थ्यो ?
भुवनको उत्तर– ट्यालेन्टन नै थिएँ, एकपटक पढेको कुरा सम्झन्थेँ ।
०३– ¬हाम्रो प्रश्न– क्लास बँक गर्नुहुन्थ्यो ?
भुवनको उत्तर– कुरै नगरौं, धेरै गरेँ, आफ्नो कलासमा बस्दै नबस्ने,
अरुको क्लासमा गएर गीत गाएर बस्ने ।
०४– ¬हाम्रो प्रश्न– शिक्षक शिक्षिकाको हातबाट पिटाई कत्तिको खानु भयो ?
भुवनको उत्तर– गनी साध्यै छैन, धेरै खाईयो । म डि।एन।पि।एस सानोठिमीमा पढ्थे,
काठमान्डौंमा स्विमिङ्ग पुल बालाजुमा मात्र थियो । एकपटक स्कुल छेउको हिलेपोखरीमा पौडी खेल्न जाँदा सर मिसको हातबाट रामधुलाई भेटियो ।
०५– ¬हाम्रो प्रश्न– स्कुल जाने भनेर अन्त कतै जाने गर्नुहून्थ्यो ?
भुवनको उत्तर– त्यसो त गर्दिनथेँ । जाने त स्कुलमै हो तर सधैं गीत गाएर बस्थेँ, त्यहि भएर त पछि गायक पनि बनेनि ।
०६– ¬हाम्रो प्रश्न– शिक्षक शिक्षिकाले कुखुरा कत्तिको बनाउँनुभयो ?
भुवनको उत्तर– कुखुरा उँहाहरुले बनाउनु हुन्नथ्यो । बेग्लै स्टाईलले पिट्नुहुन्थ्यो । मसिनो लठ्ठीले मजाले हानेपछि किन बन्नुपर्यो र कुखुरा ।।
०७– ¬हाम्रो प्रश्न– केटी कत्तिको जिस्क्याईयो ?
भुवनको उत्तर– केटी जिस्क्याईएन्, म लजालु र हेन्डसम थिए, उल्टै केटीहरु मलाई जिस्क्याउँथे
०८– ¬हाम्रो प्रश्न– एस एल सीको रिजल्ट आउँने दिन कस्तो अनुभव गर्नुभएको थियो ?
भुवनको उत्तर– हैन, त्यस्तो केही थिएन, मनमा फष्ट डिभिजनमा पास हुन्छु भन्ने थियो, भएँ पनि, डर लागेको थिएन ।
०९– ¬हाम्रो प्रश्न– चिट कत्तिको चोर्नु हुन्थ्यो ?
भुवनको उत्तर– कहाँ चोर्नु, चोरिएन, नपढ्ने मात्रै पो हो त म, पढाईमा त दादा थिएँ । स्कुलमा बिभिन्न कार्यक्रमहरु भए भने सरहरुलाई मैँ नभै हुन्नथ्यो ।
१०– ¬हाम्रो प्रश्न– आफ्नो क्लासका साथी कसैसँग भेटघाटको शिलशिला छ कि छैन अहिले ?
भुवनको उत्तर– छ, किन नहुनु, उद्योगपति बिनोद चौधरी पनि मेरो मिल्ने साथी हो । हाम्रो भेटघाट भैरहन्छ ।

0 comments:

Post a Comment