हिरोइनलाई चाहियो हिरोइन

मेरोसिनेमा काठमाडौं २० माघ,
तुलसीको शुटिङ सकिएपछि हिरोइनबाट प्रोडयुसर भएकी हिरोइन ऋचा घिमिरे अर्को सिनेमा निर्माण गर्न जुटिसकेकी छन् । उनले निर्माण गर्ने अर्को सिनेमाको टाइटल 'ब्रेकफेल' राखिएको छ । 'ब्रेकफेल'मा ऋचासंगै एउटा नया हिरोइनको रोल पनि हुने र त्यो रोलका लागि न्यु फेसको खोजीमा ऋचा जुटेकी छन् ।"मैले बनाउने हरेक सिनेमामा नयाँ हिरो र नयाँ हिरोइन हुनेछन् । त्यसैले ब्रेकफेलमा पनि नयाँ अनुहारलाई डेब्यु गर्ने भएकी छु ।"-ऋचाले मेरोसिनेमासँग भनिन । ऋचाले निर्माण गर्ने सो सिनेमाको निर्देशन उनको निर्देशक श्रीमान् शंकर घिमिरेले नै गर्नेछन् । सिनेमा पुरै कमेडी हुने पनि उनले बताइन् ।'ब्रेकफेल'मा एकजना नयाँ हिरोलाई पनि डेब्यु गर्ने विचारमा उनीहरु छन् । सिनेमालाई सुहाउने हिरोइनका लागि अडिसन लिएर मात्र सेलेक्ट गर्ने पनि ऋचाले भनेकी छन् । सिनेमाका लागि हिरो वा हिरोइनमा डेब्यु हुन चाहनेले ऋचा अथवा शंकरसँग कन्ट्याक्ट गर्न उनले मेरोसिनेमामार्फ आग्रह गरेकी छन् ।

0 comments:

Post a Comment