भेटिए दिमाग भएका हिरो

केहि महिना अगाडी निर्माता प्रदिप उदयले आफ्नो फेसबुकको वालमा नयाँ चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को लागी दिमाग भएका हिरो हिरोईन चाहियो भनेर लेखेपछि उनको सम्पर्कमा थुप्रै नयाँ अनुहार आए तर पनि उनले भने जस्तो कलाकार भेटेनन् ।नयाँ कलाकारलाई ब्रेक दिन खोजेका निर्माता उदयले नयाँ अनुहार नभेटेपछि अन्तत: उनले नायक मुकेश ढकाललाई आफ्नो चलचित्रको हिरो बनाउने भएका छन् । मुकेशलाई केहि अगाडी मात्र आफ्नो चलचित्रका लागी अनुबन्धित गरेको निर्माता उदयले फिल्मीखबरलाई जानकारी गराए । नायक मुकेश चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' अनुबन्धित भएपछि निर्माता उदयको नजरमा मुकेश दिमाग भएका हिरो कहलिएका छन् ।फाल्गुनको दोस्रो साताबाट छायाँकनमा जान लागेको सो चलचित्रमा मुकेशको साथमा कलाकार निर्मल शर्मा, संगीतकार महेश खड्का, द्वन्दनिर्देशक रोशन श्रेष्ठ र करियोग्राफर गोबिन्द राई अनुबन्धित भईसकेको र बाँकी कलाकार र प्राबिधिकको छनोट केहि दिनमा हुने चलचित्रका निर्देशक ऋषि लामिछानेले बताए । शिबम् अधिकारीको कथा रहेको सो चलचित्र प्रेमकथामा आधारित छ ।

0 comments:

Post a Comment