स्वरको प्रेस शोमा आतिसबाजी

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ १९, बुधवार
कुनै पनि चलचित्रको प्रेस सो वा प्रिमियरलाई फरक पना दिन नयाँ कुरामा चलचित्रकर्मीले प्राथामिकता दिने गर्दछन् । कसैले केक काट्ने गरेका छन् भने कसैले राजनीतिक फिगरका तथा चर्चित ब्यक्तिहरूलाई उपस्थित गराएर प्रिमियरको शोभा बढाउने गर्दछन् । तर बुधबार राजधानीको जय नेपाल सिनेमा भवनमा प्रसन्न पौडेल निर्देशित पहिलो चलचित्र 'स्वर'ले छुट्टै प्रक्रियाले आफ्नो प्रेस शो आयोजना गरेको छ ।विभिन्न चलचित्रकर्मीको उपस्थितिमा आयोजना गरिएको उक्त प्रेस सो पश्चात स्वर टिमले आकासमा आतिसबाजी अर्थात पटका पडकाउने काम गरेरे चलचित्र उद्योगमा नयाँ स्र्टाईल भित्राएको हो । हाल सम्म यसरी प्रेस शोमा आतिसबाजी गर्ने काम कुनै पनि चलचित्रको प्रिमियर र प्रेस शोमा गरिएको थिएन् । उपस्थित पाहुँनालाई आर्श्चर्य दिने हिसावले गरिएको उक्त आतिसबाजीको सवैले प्रशंसा समेत गरेका थिए । गएको शुक्रबारबाट राजधानी बाहिरका सिनेमा भवनमा प्रदर्शन भैरहेको उक्त चलचित्र आगामी शुक्रबार देखि राजधानी भित्रिदैछ । जस अनुरूप स्वरको प्रेस शो आतिसबाजी सहित बुधबार साझ भिन्न तरिकाले गरिएको हो ।एमआरएस मुभिजको व्यानरमा मनिष राजभण्डारी, रवि लामा तथा सुरेन बलामीको संयुक्त निर्माणमा बनेको सो चलचित्रमा संगीतमा रूची राख्ने एक युवकको कथालाई प्रस्तुत गरिएको छ ।जसमा राजबल्लभ कोइराला मुख्य भूमिकामा छन् । यस्तै उनी सहित नव प्रस्तुतीमा केकी अधिकारी पनि राजको पेयर भएर अभिनय गरेकी छिन् । साथै चलचित्रमा नव प्रस्तुतीकै रूपमै रिमा विश्वकर्मा, बेनिषा हमाल, एसराज, जोएस पाण्डे, अमित पोखरेलको साथमा तृप्ती नाड्कार सहित सुनिल थापालाई पनि मुख्य भूमिकामा देख्न पाईन्छ । चलचित्र हेरिसकेपछी निर्देशक प्रसन्नको पहिलो ब्याटिङ्गलाई अधिकाशंले प्रशंसा गरेका थिए ।

0 comments:

Post a Comment