फुटबलले ज्वरो निकाल्यो

तुलसी घिमिरे निर्देशित सफल चलचित्र ‘चिनो’मा राते काँइलाको रुपमा देखिएर चर्चा बटुलेका खलनायक सुनिल थापा हाल अस्वस्थ छन् । गएको पन्ध्र दिनदेखि आफुलाई रुघाखोकी ज्वरोले सताएको थापाले बताए ।‘फुटबल खेल्ने चक्करमा लागियो, त्यसैबिच हड्डी क्रयाक भयो, अहिले ओछ्यानमा छु’, थापाले भने । अघिल्ला दिनहरुमा बाबु बलामीको ‘लक्की ७’ को छायाँकनमा ब्यस्त रहेका थापाले नेपाली सिनेमा क्षेत्रमा राते काँइलाको स्थान कसैले लिन नसक्ने कुरा पनि हामी माँझ राखे । ‘मेरा धेरै सिनेमाहरु प्रदर्शनको पर्खाइमा छन्, त्यसकारण नेपाली सिनेमा प्रेमी दर्शकहरुले यो नठान्नुस् कि राते काँइला बुढो भयो’, थापाले अझै थपे, ‘अर्को ‘चिनो’ त बनिसक्यो अब राते काँइला–२ बन्यो भने चैं फेरी म राते काँइला हुन पाउँथे’।
थापालाई शिघ्र स्वास्थ्यलाभको शुभकामना ।

0 comments:

Post a Comment