नायिका रेखा थापाको मोबाईलको आगमन कल निषेध

होम प्रोडक्सनको चलचित्र 'कस्ले चोर्‍यो मेरो मन' लाई अष्ट्रेलियाका बिभिन्न शहरमा प्रदर्शन गरेर नायिका रेखा थापा हिजो नेपाल फर्कि सकेकी छिन् । तर दु:खको कुरा नेपाली चलचित्र उधोगकी हट तथा नं वान नायिका थापाको मोबाईलको आगमन कल निषेध गरिएको छ ।रेखालाई स्वागत गर्न उनको मोबाईलमा सम्पर्क गर्न खोज्नु भयो भने नेपाल टेलिकमले भन्ने छ, 'तपाईंले डायल गर्नु भएको नम्बरमा आगमन कल निषेध गरिएको छ ।' नायिका थापाले आफूसँग पैसा नभएर बिल तिर्न नसकेकी भने हैनन् । बिगत १५ दिन देखि अष्ट्रेलिया भ्रमणमा रहेकी नायिका थापाको मोबाईलमा बिल तिर्ने मान्छे कोही नभएपछि नेपाल टेलिकमले उनको मोबाईलको आगमन कल निषेध गरिदिएको हो । हुनत उनका श्रीमान् छबिराज ओझा नेपालमै छन् तर उनले वास्ता नगरेर हो या बिल तिर्न जान नभ्याएर हो अहिले रेखाको मोबाईलमा आगमन कल निषेध छ । यसरी नेपालको नम्बर वान नायिकाको छबि बनाएकी रेखा थापाको मोबाईलको आगमन कल निषेध हुनु पक्कै पनि दु:खको कुरा हो । रेखा नेपालमा छैनन् भनेर कतिलाई त थाहा नहुन पनि सक्छ । यदि उनी बाहिर गएको कुरा थाहा नपाएर कसैले उनलाई मोबाईलमा सम्पर्क गर्न खोज्दा आगमन कल निषेध गरिएको कुरा थाहा पाएमा त्यसले कस्तो असर गर्ला?

0 comments:

Post a Comment