अबिबाहित सेलिब्रेटीको भ्यालेनटाइन अनुभव

फेब्रुअरी १४ तारिखका दिन प्रेमको प्रतिकको रुपमा मनाइने प्रणय दिवस अर्थात भ्यालेनटाइन डे बिशेषत: युवा पुस्ताको आकर्षणको केन्द्रबिन्दुको रुपमा रहँदै आएको पाइन्छ । यो पर्वलाई प्रेम प्रस्ताव राख्ने दिन, नयाँ प्रेम स्थापित बनाउने दिन तथा सम्बन्ध सुढृढ र बलियो बनाउने दिनको रूपमा लिईन्छ । विश्वव्यापी रुपमा मान्यता पाउँदै आएको भ्यालेन्टाईन डे नेपालमा पनि केहि वर्ष देखि निकै लोकप्रिय हुँदै आएको छ ।भ्यालेन्टाइन डे नेपालीहरुले मनाएकोमा कतिले बिरोध गरीरहेका छन् भने कतिले समर्थन पनि गरेका छन् । विरोध गर्नेलाई खासै चासो छैन र समर्थन गर्नेहरुका कारण शहर रंगीन बनेको छ । नेपालका अबिबाहित सेलिब्रेटीको नजरमा भ्यालेन्टाइन के हो त ? उनीहरू कसरी मनाउँदैछन् त भ्यालेन्टाइन डे ? पक्कै पनि फ्यानहरूका लागी यो चासोको बिषय बन्न सक्छ । यहि कुरालाई मध्यनजर गर्दै फिल्मीखबरले केहि अबिबाहित सेलिब्रेटीसँग भ्यालेनटाइनको बिशेष कुराकानी गरेको छ ।नेपाली चलचित्र क्षेत्रका अविवाहित महानायक राजेश हमाललाई भ्यालेन्टाइन डेको बारेमा खासै रूचि छैन रे । यस्तो कुरामा उनी बिश्वास गर्दैनन् । उनी भन्छन्, साँचो प्रेम गर्न कुनै स्पेसल दिन कुर्नु पर्दैन ।' यि महानायकले गएका बर्षमा झै यस बर्ष पनि कसैलाई प्रेम प्रस्ताव नराख्ने भएका छन् । चलचित्र 'हात लाग्यो शून्य' र 'सौर्य' छायाँकनमा व्यस्त महानायकले भ्यालेन्टाइन मनाउने सोचमा नरहेको बताए । आफूलाई कसैले प्रेम प्रस्ताव राखे सोचेर जवाफ दिने उनको भनाई छ ।यता पूर्व मिस नेपाल तथा नायिका माल्भिका सुब्बालाई भने भ्यालेन्टाइन डे भन्ने शब्द नै मन पर्दैन रे । अहिलेसम्म भ्यालेन्टाइन डेको स्वाद नचाखेको बताउने सुब्बाले कसैले प्रपोज गरे मजाले हाँस्ने र थ्याङ्क्यू भनेर प्रस्तावलाई स्विकार्ने बतउँछिन् तर आफूले भने कसैलाई प्रेम प्रस्ताव नराख्ने उनको भनाई छन् । कारण उनी प्रेम गर्न र प्रस्ताव राख्न भ्यालेनटाईन नै कुर्दिनन् । आफूलाई मन पर्ने व्यक्ति भेटे जुनसुकै बेला उनी प्रेम प्रस्ताव राख्न सक्छिन् रे ।

चक्लेटी नायक आर्यन सिक्देलको यस बर्षको भ्यालेनटाइन डे यत्तिकै बित्ने भएको छ । भ्यालेनटाइन डेमा कुनै बिशेष योजना नभएको र आफ्नो कोही प्रेमिका पनि नभएकोले यस बर्षको भ्यालेनटाइन उनको त्यसै बित्ने भएको छ । कसैले प्रेम प्रस्ताव राखेमा उनी स्विकार्न भने नसक्ने बताए । नायिका नम्रता श्रेष्ठले भ्यालेनटाइन डे भने आफ्नो पहिलो चलचित्र हेरेर बिताउने भएकी छिन् । सुन्धारा स्थित सेन्ट्रल हलमा स्क्रिनिङ गरिन लागेको सो चलचित्र हेरि सकेपछि उनको बाँकी दिन आफ्नै रेष्टुराँमा साथीभाईहरूसँग रमाईलो गरेर बित्ने भएको छ ।निर्देशक आलोक नेम्वाङलाई भ्यालेनटाइन डे कुनै त्यस्तो कुनै अनौठो दिन जस्तो लाग्दैन रे । उनी भ्यालेनटाइन डे मनाउने कुरालाई स्विकार्दैनन् । यि निर्देशकले भ्यालेनटाइन डेलाई छाडा संस्कृतिको रूपमा हेर्छन् । उनी भन्छन्, 'अरुको देशको संस्कृति मनाउने क्रममा आफ्नो पहिचान गुमाउने तिर नलागौं ।' कसैले प्रेम प्रस्ताव राखिहाले उनको जवाफ हुनेछ, 'मुह में दाँत नहि है, पेटमें आँटा नहि है, चुम्मा लेगा ?'

अर्का निर्देशक सुरेशदर्पण पोखरेलले भने प्रेम गर्नेका लागी भ्यालेनटाइन डे पवित्र दिनको रूपमा लिन्छन् । बिश्वभर प्रेमको अभाव भईरहेको भन्दै आजका दिन सबै जना मिलेर प्रेमको बिगुल फुकी संसारलाई प्रेममय बनाउन दर्पण आग्रह गर्छन् । उनको आजको दिन फेसबुक, व्लग तथा एसएमएस मार्फत प्रेमको सन्देह फैलाउन व्यस हुनेछन् । अबिबाहित २७ बर्षे यि निर्देशक भ्यालेनटाइन डेमा आफ्नो स्पेसल साथीको प्रेम प्रस्तावको प्रतिक्षामा छन् । अन्तमा निर्देशक दर्पणले कोही कसैले कोही कसैसँग इर्ष्या नगरोस् भन्दै आफ्ना शुभचिन्तकलाई यहि फिल्मीखबरको माध्यमबाट 'ह्याप्पी भ्यालेन्टाइन डे' भनेका छन् ।
नायिका नन्दिता केसीको आजको दिन चलचित्र 'मालतीको भट्टी' को डबिङ गरेर र बाँकी समय घरमै बित्ने भएको छ । अहिलेसम्म भ्यालेनटाइनको अनुभव नभएको बताउने नन्दिताले बिहे पछि आफ्नो पतिसँगै नै पहिलो भ्यालेनटाइन मनाउने बताईन् । उनी साँचो प्रेम गर्छु भनेर प्रेम प्रस्ताव राख्नेहरू माथी बिश्वास गर्न नसक्ने बताउँछिन् । प्रेमको विषय अत्यन्त गहन र विचारणीय भएकोले कसैले साँचो प्रेम गर्छु भन्दै प्रेम प्रस्ताव राखि हाले सोचेर जवाफ दिने उनको भनाई छ ।

चोभारको डाँडामा धुलोसँग लडिबुडी खेल्दै चलचित्र 'म बिर्सुं कसरी' को छायाँकनमा व्यस्त रहने एक्सन नायक आयुष रिजालको भ्यालेनटाइन डे को बुझाई भने अन्यको भन्दा निकै भिन्न छ । उनी यो दिनलाई प्रेमको हत्या भएको दिनको रूपमा हेर्छन् । त्यसैले उनी भन्छन्, 'प्रेमको हत्या भएको दिन हामी खुसी हुने हैन बरू हामीले प्रेमको श्रद्वा सुमन अर्पण गर्नुपर्छ ।' आगामी दिनमा कसैले पनि प्रेमको हत्या नगरोस् भन्दै प्रेम गर्नेहरूका लागी भने उनी शुभकामना दिन चाहन्छन् । उनी भन्छन्, 'प्रेम जस्तो पवित्र नामको कसैले पनि हत्या नगरोस् र साँचो प्रेम गर्नेहरूका लागी मेरो सधैं शुभकामना ।'कलेज लाइफसँगै संगीतको दुनियामा रमाईरहेकी गायिका प्रविशा अधिकारीको आजको दिन कलेजमै बित्ने भएको छ । बिहानै कलेज जाने बताउने यि गायिका कसैले प्रेम प्रस्ताव गर्छ कि भन्ने आशमा छिन् । अहिले सम्म भ्यालेनटाइनको अनुभव नरहेको बताउने प्रविशा यस बर्षको भ्यालेनटाइन भने खेर नजाने कुरामा बिश्वस्त छिन् । त्यसैले पनि आजको दिन उनी कलेज जान निकै आतुर छिन् । यदि कसैले प्रपोज नगरे आजको दिन आफ्नो लागी खल्लो हुने उनले खुलाईन् । तर आफूले भने कसैलाई प्रेम प्रस्ताव नराख्ने यि फुच्ची गायिकाको भनाई छ ।

0 comments:

Post a Comment