शुष्माले मनाईन् जन्मदिन

नायिका शुष्मा कार्कीले आफ्नो २२ औं जन्मदिन मनाएकी छिन् । फेब्रुअरी १४ तारिख भ्यालेनटाइन डेका दिन जन्मेकी शुष्माले आफ्ना नजिकका साथी र केहि चलचित्रकर्मी माझ कालिकास्थान स्थित आफ्नै निवास जन्मदिन मनाएकी हुन् ।बर्दिया जिल्ला स्थायी घर भएकी सेक्सी नायिका कार्की चलचित्र 'मेरो एउटा साथी छ' बाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । नायिका कार्कीले 'तिमी मेरो म तिम्रो', 'गुरूदक्षिणा', 'भिष्मराज', 'व्याच नं १६', 'के यो माया हो' लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेको चलचित्र 'व्याच नं १६' केहि दिनमा सार्वजनिक हुँदैछ भने 'के यो माया हो' को छायाँकन केहि दिन अगाडी मात्र सकिएको छ ।भ्यालेनटाइन डे र जन्मदिन एकसाथ मनाएकी नायिका कार्कीलाई ढिलै भएपनि द नेपाल~रोमानिया डटकमको तर्फबाट जन्मदिनको शुभकामना !

0 comments:

Post a Comment