भारतीय फिल्म निर्माण कम्पनीमा अनुप

लगभग २०४२–४३ सालतिरबाट बिभिन्न सडक नाटकहरु, रँगमन्चका थुप्रै साना ठुला नाटकहरुमा अभिनय गर्दै हाल नेपाली सिनेमा क्षेत्रमा छाईरहेका कलाकार अनुप बराल आफुलाई एक भारतिय फिल्म कम्पनीबाट ‘क्रियटिभ डाईरेक्टर’ का निमित्त अफर आएको बताउँछन् ।२०५१ सालमा अँशबन्डा नामक नेपाली सिनेमामा अभिनय कला प्रस्तुत गरेर रजतपटमा छिरेका बरालले हालसम्म ‘लक्ष्य’,‘दासढुँगा’, ‘एक दिन एक रात’, ‘ब्याच नम्बर १६’ लगायतका सात सिनेमाहरुमा अभिनय गरिसकेका छन् । पात्रको परिचय खुलेको र पृथक बिषयवस्तु बोकेको सिनेमामा मात्रै अभिनय गर्न रुचाउने बराल त्यस्तो फिल्ममा आफु नाँच्न र फाईट खेल्न दुबैका लागि तयार भएको बताउँछन् । ‘मलामी’ नामक फ्रान्सका केहि ब्यक्तिहरु मिलेर निर्माण गरेको सिनेमा र एक इजरायली टेलिसिरियलमा समेत अभिनय गरिसकेका बराल अर्को सालतिर आफैले सिनेमा निर्देशन गर्ने सोचमा छन् ।उनले हालसम्म दुईतिन सय सडक नाटक र लगभग ३३ साना ठुला रँगमन्चका नाटकहरुमा अभिनय गरिसकेका छन् । भारतको एक फिल्म निर्माण कम्पनी ‘ईनोभेटिभ नाईट’बाट आएको आग्रहलाई स्विकार्दै उनी केहि समयपछि त्यता जाँदैछन् ।

0 comments:

Post a Comment