हिरोईन हराएको सुचना ।।

मेरोसिनेमा, काठमान्डौं ५ फागुन,
अन्जु पन्तको ‘तिमीले पराई ठानेपछि’ बोलको गितमा अभिनय गरेर मोडलिङ क्षेत्रमा प्रवेश गरेकी र बिकाश आचार्य निर्देशित सिनेमा ‘नाई नभन्नु ल’मा अभिनय गरेर नायिकाको ताज पहिरेकी नायिका ऋचा सिँह ठकुरी अहिले कहाँ छिन् भन्ने कुराको सहि तथ्य मेरोसिनेमालाई कहिँबाट पनि प्राप्त भएको छैन ।ऋचाको केहि हदसमम्म नजिकको साथी अर्की नायिका बेनिषा हमालसँग हामीले बुझ्दा, ‘खै अष्ट्रेलियातिर जाने कुरो मैले पनि सुनेको हो तर ठ्याक्कै कहाँ छिन् भने त मलाई पनि थहा छैन’, भन्ने जवाफ आयो । यता फागुन ६ बाट लाग्ने ऋचा अभिनित सिनेमा मन मनै मन पराएँका निर्देशक राजेन्द्र उप्रेतीले अर्कै कुरा गरे । ‘दुबईमा छिन् रे, फिल्म रिलिजताका तिर त उनी हामीसँग हुँदिनन् तर फागनु २० गतेतिर आउँछिन् रे, उप्रेतीले भने । यतिबेला ऋचाको मोबाईलले पनि 'स्विच अफ गरिएको छ' भन्छ ।हैन, नेपाली सिनेमालाई खबरै नगरी आखिर कहाँ गईन् त ऋचा ?
ऋचाजी कहाँ हुनुहुन्छ ? झट्टै आउनुस् है । हैन भने छापिएला ‘हिरोईन हराएको सुचना’ ।।

0 comments:

Post a Comment