१ करिश्मा मानन्धर
'एउटी नायिकाले लामो समयसम्म आफ्नो छवि धान्न सक्छिन् भने उनी महान कलाकार हुन् ।' नायिकाको प्रसङ्गमा हलिउड निर्देशक स्टेफिन स्टिलवर्गले भनेको यो भनाइ नायिका करिश्मा मानन्धरमा पनि लागू हुन्छ । ४ दशक नाघे पनि करिश्मा कलकलाउँदी नायिकाको भूमिकामा फिट देखिन्छिन् । नवोदित नायक बाबु बोगटीको को-स्टारका रूपमा चलचित्र 'सायद' को अभिनयमा व्यस्त करिश्माले आफ्नो सौन्दर्य कसरी बचाएर राखेकी छिन भन्ने कुरा उनको व्यस्तताले प्रष्ट पार्छ । चलचित्र निमार् ता उद्धव पौडेलले साप्ताहिकसँग भने- '२० वर्षअघि मैले चलचित्र 'मायालु' मा जुन करिश्मा देखेको थिए, अहिले पनि त्यही करिश्मा देख्छु ।' उद्धवले भनेझैं करिश्माको करिम्याटिक जादु नेपाली ग्लामर उद्योगका निम्ति पहिलो स्थानमा छ । गत वर्ष साप्ताहिकको सर्वेक्षणमा आठौं स्थानमा रहेकी करिश्मा यो वर्ष पहिलो स्थानमा उक्लिएकी छिन् । २५ वर्षअघि चलचित्र 'सन्तान' मा करिश्मा जुन कुराका लागि छानिएकी थिइन्, आज पनि उनमा त्यही मोहनी छ ।
२ झरना बज्राचार्य 
गतवर्षको सर्वेक्षणमा दोस्रो स्थानमा रहेकी झरनाले त्यो स्थान यसपटक पनि गुम्न दिइनन् । सुहाउँदो कालो छाला, आकर्षक शारीरिक बनावट, नसालु आँखा तथा रगताम्य ओठकी धनी झरनाको व्यक्तित्वको प्रशंसा गर्नेहरू प्रशस्तै छन् । भिन्न किसिमको ग्ल्यामरस अनुहारका रूपमा झरनाको पर्दापण भएको हो । सन् १९९७ मा मिस वल्र्ड नेपालको उपाधि हात पारेर मोडलिङ, नेपाली रजतपट हुँदै बलिउडसम्मको यात्रा तय गरेकी झरना मिस वल्र्डमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली अनुहार थिइन् । प्रकाश सायमीद्वारा निर्देशित चलचित्र 'हतियार' बाट अभिनय यात्रा प्रारम्भ गरेकी झरनाले करिब ३ दर्जन चलचित्रमा काम गरिसकेकी छिन् । रोमान्टिकदेखि सेन्टिमेन्टल सबै प्रकारका म्युजिक भिडियोमा उनको राम्रो माग छ । उनी लक्स साबुन, टुपिएम चाउचाउ तथा मुना चियाजस्ता उत्पादनको ब्रान्ड एम्बेसडर पनि रहिसकेकी छिन् । ' झरनामा म भिन्नै प्रकारको व्यक्तित्व पाउँछु' निर्देशक भूषण दाहालले झरनाको नाम लिदै भने- 'उनी सुन्दर त छँदै छिन्, त्यतिकै बोल्ड र आत्मविश्वासी पनि दे खिन्छिन् ।' क्यामेरामा झरना जस्तो आकर्षक अरू नदेखिने भूषणको दाबी छ ।
३ माल्भिका सुब्बा
'स्मार्ट माल्भिकालाई उनको ड्रेस सेन्सले अझै उचाइमा पुर्याएको छ' नेपाल वानका भिजे सोनम पाखि्रनले माल्भिकाको परख गर्दै भने- 'वाकपटुताले पनि उनको सौन्दर्यलाई अझै बढाएको छ ।' सन् २००२ को मिस नेपाल उपाधि जित्न सफल माल्भिका सुब्बा नेपाली मिडिया पर्सनालिटीहरूमध्ये सबैभन्दा रुचाइएकी व्यक्तित्व हुन् । दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी माल्भिका लामो समय कान्तिपुर टेलिभिजनमा भिजेका रूपमा कार्यरत रहिन् । मिलेको शारीरिक बनावटमा लोभलाग्दो मुस्कान छर्ने माल्भिका अहिलेसम्मका मिस नेपालहरूमा सबैभन्दा अग्रपंक्तिमा छिन् । 'माल्भिकामा एक प्रकारको अपिलिङ छ, जुन अरूमा छैन' गायक राजेश पायल राइले भनें- 'उनको पर्सनालिटी बोल्ड भएकाले कतिपय मानिस टाढैबाट उनको सौन्दर्यको परख गर्छन् ।' गतवर्ष साप्ताहिकको सर्वेक्षणका क्रममा नम्बर ६ मा रहेकी माल्भिका यसपटक ३ खुडि्कलो चढ्दै नम्बर ३ मा आइन् । 'माल्भिका मिस नेपाल भनेर घमण्ड साथ चिनाउन सकिने व्यक्तित्व हुन्' निर्देशक आलोक नेम्बाङले गत वर्ष नै भनेका थिए ।
४ सदीक्षा श्रेष्ठ
'मिस नेपाल-२०१०' को शीर्ष उपाधि हात पारेपछि एकाएक सदीक्षा श्रेष्ठको व्यक्तित्व सार्वजनिक भएको हो । आकर्षक शारीरिक बनावटकी सदीक्षा १७ प्रतिस्पर्धीलाई उछिन्दै यो वर्ष मिस नेपाल भएकी हुन् । 'सदीक्षा सुन्दर छिन्, उनको चार्मिङ पर्सनालिटीलाई मेरो एक भोट' गायक निमा रुम्बाले भने- 'म उनको बौद्धिकताको पनि कदर गर्छु ।' मिस नेपालको मुकुटका अतिरिक्त मिस फोटोजेनिक, मिस पर्सनालिटी र मिस वाकको उपाधिसमेत जितेकी सदीक्षा यसअघि नै विज्ञापन दुनियाँमा आइसकेकी थिइन् । मिस ब्युटिफुल लेडी २००५ को उपाधि जितेर मोडलिङमा प्रवेश गरेकी सदीक्षा ५ वर्षपछि मुलुकको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान सक्ने भइन् । 'सदीक्षाको आँखामा एक प्रकारको आकर्षण छ ।' संगीतकार आलोकश्रीले भने- 'मलाई उनको हाँसो पनि उत्तिकै मनपर्छ ।' नेपाली ग्लामर उद्योगका निम्ति उनी संभावना भएकी पात्र हुन् । साप्ताहिकको सर्वेक्षणका क्रममा न्यू-कमरका रूपमा उनी चौथो स्थानमा परेकी छिन् ।
५ सहाना बज्राचार्य
मिस नेपाल-२०१० मा उपाधिको हकदारका रूपमा धेरैले सहाना बज्राचार्यको नाम लिएका थिए । सौन्दर्यका दृष्टिकोणले सहानाले उपाधि जित्ने अनुमान थियो, तर उनी फस्ट रनर्सअप भइन् । सर्वेक्षणका क्रममा शिक्षाविद् विक्रम राई, टेलिभिजनकर्मी भूषण दाहाल, गायक निमा रुम्बा, हेयर स्टाइलिष्ट निल डेभिड कटवाल आदिले सहानाको सौन्दर्यको खुलेर प्रशंसा गरे । 'अन्तर्राष्ट्रिय स्तरको ब्युटि कन्टेस्टका लागि सहाना बज्राचार्यलाई जिताउनु आवश्यक थियो' शिक्षाविद् विक्रम राइले भने-'उनी साँच्चै नै सुन्दर छिन् ।' मिस अर्थ २०१० मा सहभागी भैसकेकी सहाना ब्रोडकास्टिङ मिडियाकी विद्यार्थी हुन् । मिडियामा रुचि राख्ने सहाना विभिन्न विज्ञापनमा समेत आइसकेकी छिन् । २० वर्षीया सहानाले इमेज च्यानलमा युगान्तर शीर्षकको कार्यक्रमसमेत सञ्चालन गरेकी छिन् । सहानाको उद्देश्य टेलिभिजनको माध्यमबाट नेपाली बालबालिका तथा महिलाहरूसम्बन्धी जनचेतना फैलाउनु हो । साप्ताहिकको सर्वेक्षणका क्रममा फस्ट रनर्सअप बज्राचार्य पहिलो पटकमै पाँचौं स्थानमा पर्न सफल भइन् । फोटोग्राफीमा समेत रुचि राख्ने सहानाको सौन्दर्यका बारेमा व्यवसायी सुमन शाक्यले भने- 'उनको अनुहारमा एकप्रकारको ग्ल्यामर र अपिलिङ झल्कन्छ ।'
६ नम्रता श्रेष्ठ 
सानो कद भए पनि नम्रताको लोभलाग्दो सौन्दर्य चर्चायोग्य छ । नम्रता साइबर संसारले गराएको फोटोसेसनबाट औपचारिक रूपमा मोडलिङ यात्रामा सामेल भएकी थिइन् । त्यसपछि म्युजिक भिडियोबाट उनको कला यात्रा प्रारम्भ भयो । आलोक नेम्बाङ निर्देशित 'सानो संसार' तथा सुदर्शन थापा निर्देशित 'मेरो एउटा साथी छ' मा नम्रताको सुन्दरतालाई नेपाली दर्शकले औधि मनपराए । सफा अनुहार, आकर्षक शारीरिक बनोट तथा मीठो मुस्कान नम्रताका सबल पक्ष हुन् । 'चलचित्रमा नम्रताको उपस्थितिले भिन्न पहिचान दिएको छ, उनको अभिनय शैली पनि उत्कृष्ट छ' व्यवसायी सुमन शाक्यले भने- 'उनी राम्री भएकाले जस्तो पहिरनमा पनि आकर्षक दे खिन्छिन् ।' नम्रताको सुन्दरताका बारेमा आधा दर्जन सहभागीले खुलेर प्रशंसा गरेका थिए । संगीतकार आलोकश्रीले समयलाई बुझ्ने, परिस्थितिको सामना गर्न सक्ने, आफ्नो महत्व बुझ्ने नारीका रूपमा लिँदै नम्रता आकर्षणको प्रतिमूर्ति भएको बताए । नम्रता गत वर्षको सर्वेक्षणमा नम्बर ५ मा थिइन् भने यो वर्ष एक खुडि्कलो तल झरेर नम्बर ६ मा पुगेकी छिन् ।
६ दिया मास्केदिया मास्के पनि यो वर्ष पहिलो पटक आकर्षक महिलाको सूचीमा पर्न सफल भइन् । सर्वेक्षणमा छैटौं स्थानमा परेकी दियालाई नेपाली चलचित्र क्षेत्रमा संभावना बोकेकी नायिकाका रूपमा लिइन्छ । अनुप बराल निर्देशित दलनदेखि दर्जनौं नाटकमा उनले गरेको अभिनयको प्रशंसा भएको छ । दिया मास्केले चलचित्र कागबेनी तथा एक दिन एक रातमा मुख्य भूमिका निर्वाह गरेकी छिन् । १२ वर्षको उमेरदेखि नै कला क्षेत्रसँग जोडिएकी दियाले सानै उमेरमा नृत्य निर्देशक राजु शाहसँग 'ज्यानको माया नैना रे शम' शीर्षकको गीतका लागि चलचित्रमा नृत्यकला प्रस्तुत गरेकी थिइन् । कुशल नृत्यांगनाका रूपमा स्थापित दियालाई संगीतकार आलोकश्रीले पहिलो नम्बरमा भोट दिँदै भने- 'उनी सक्षम अभिनेत्री हुन्, अभिनय क्षमताका अतिरिक्त उनी ग्ल्यामरस पनि देखिन्छिन्, दियामा एकप्रकारको अपिलिङ पनि छ ।' दियालाई निमा रुम्बाले जस्तोसुकै भूमिकामा पनि फिट हुन सक्ने नायिकाको संज्ञा दिए ।
७ मृदुला खनालग्लामरको दुनियाँबाट फरक समाचारवाचकको संसारबाट आकर्षक नारीका रूपमा उत्कृष्ट दसमा पर्न सफल मृदुला खनालको स्थान सातौंमा छ । मृदुलाको समाचारवाचनमा पनि एकप्रकारको आकर्षण झल्किएको सहभागीहरूले बताए । नेपाल टेलिभिजन टुमा समाचारवाचकका रूपमा परिचय बनाएकी मृदुलाले कान्तिपुर टे लिभिजनमा आएपछि थप चर्चामा पाइन् । गतवर्ष समाचारवाचकका रूपमा सिमि्रका शर्माले धेरै मत हासिल गरेकी थिइन् । मृदुलाको आवाज मीठो छ, त्यसमा पनि मृदुलाको क्युटनेसले धेरैलाई आकषिर्त गर्छ, आलोकश्रीको प्रतिक्रिया थियो । यस्तै नायक आर्यन सिंग्देलले मृदुलाको समाचारवाचनमा अपिलिङ झल्कने बताए । नायक सिग्देलले वास्तविक रूपमा नदेखेको भए पनि टेलिभिजनमा देखिने मृदुलामा आकषिर्त गर्न सक्ने खुबी पाएको उल्लेख गरे । सहभागीहरूले आकर्षक शारीरिक बनावटकी मृदुलाको आँखा, केश तथा अनुहारको प्रशंसा गरेका थिए ।
८ जेनिषा मोक्तान 
आकर्षक महिलाहरूको सूचीमा मिस नेपाल तथा पूर्वमिस नेपालहरूको उपस्थिति बाक्लो छ, भन्ने कुरा जेनिषाको उपस्थितिले पनि प्रष्ट पारेको छ । आकर्षक शारीरिक बनावटकी जेनिषा मोक्तान सुन्दर महिलामध्ये एक हुन् भनेर धेरै सहभागीले भोट दिएका थिए । उनको शरीर, हाँसो, आँखा तथा क्युटनेसको धेरैले प्रशंसा गरे । वर्ष २००९ को मिस नेपालको उपाधि जितेकी जेनिषा मोडलिङ, ग्लामर तथा अभिनयको क्षेत्रमा अघिदेखि नै सक्रिय थिइन् । मै ठूली भै छु रे गीतकि अभिनेत्री जेनिषालाई यो गीतले पनि चर्चाको चुलीमा पुर्याएको थियो, यसबाहेक उनले हास्य टेलिश्रृंखला 'घरपेटी बा' मा पनि अभिनय गरेर चर्चा कमाइन् । प्रशस्तै म्युजिक भिडियोमा अभिनय गरेकी जे निषा विज्ञापनको संसारमा पनि उत्तिकै छाएकी छिन् । 'जेनिषा ब्युटिफुल छिन्' गायक निमा रुम्बाले भने । त्यस्तै शिक्षाविद् विक्रम राइले अहिलेको पुस्ताका निम्ती जेनिषा सर्वाधिक आकर्षक सुन्दरी भएको बताए । जेनिषा सर्वेक्षणको क्रममा आठौं स्थानमा रहिन् ।
९ अञ्जु पन्त
नेपाली पाश्र्वगायनमा सफल गायिकाका रूपमा परिचित छिन् । सबैभन्दा धेरै चलचित्रमा स्वर दिने महिला कलाकारका रूपमा स्थापित भैसकेकी अञ्जु सुगम संगीतमा पनि उत्तिकै लोकपि्रय छिन् । साहित्यकार कृष्ण धरावासीले आकर्षक महिलाहरूको सूचीमा अञ्जु पन्तलाई पनि रोजे । नयाँ पुस्ताका गायिकामा उनको स्वर र रूप आकर्षक पाएको धरावासीको भनाइ थियो । सर्वेक्षणका क्रममा धेरैले अञ्जु पन्तलाई क्युटको संज्ञा दिए । नबिर्से तिमीलाई नपाए तिमिलाई गीतकी यी गायिका आँखा, आवाज र भंगिमाका कारण आकर्षक महिलाको सूचीमा अटाउन सफल भइन् । मिठो स्वरका लागि मुम्बई धाउनुपर्ने बाध्यतालाई अञ्जु पन्तको आगमनले समाप्त पारेको चर्चित पाश्र्वगायक राजेश पायल राईको टिप्पणी थियो । अञ्जु सानो कदकी भए पनि आकर्षक शारीरिक बनावटकी धनी छिन् । उनी सौम्य छिन्, उनको अनुहार सबैलाई माया लाग्दो लाग्छ, सञ्चारकर्मी दिनेश डिसीले बताए । अञ्जु सर्वेक्षणमा नवौं स्थानमा पर्न सफल भएकि थिइन् ।
१० सपना मल्ल प्रधान
गतवर्ष साप्ताहिकको सर्वेक्षणमा अत्यधिक मत पाएर नम्बर एकको स्थान पाएकी सभासद अधिवक्ता सपना मल्ल प्रधान यो वर्ष नम्बर १० स्थानमा पुगिन् । सपनाको व्यक्तित्व र सुन्दरताको बयान गर्नेहरू यो वर्ष पनि थुप्रै थिए, तर गतवर्ष भन्दा कम । सन् १९९० मा भारतवाट कानुनमा स्नातकोत्तर गरेर फर्किएकी सपनाको आकर्षक व्यक्तित्वको प्रशंसा गर्ने पनि प्रशस्त छन् । 'सपना मल्ल प्रधानसमग्र नेपाली महिलामै रोल मोडल हुन् ।' सञ्चारकर्मी दिनेश डिसीले भने- 'हल्का ब्ल्याक जाइन्ट स्ट्रक्चरले उनको व्यक्तित्वलाई उचाइ दिएको छ । 'उनी बोल्ड त छँदैछिन्, ब्युटिफुल पनि छिन्,' डिसीले थपे । एमालेका तर्फबाट सभासद सपनाले सन् १९९५ मा विचार मिलेका महिला वकिल तथा अभियानकर्ताहरूसँग मिलेर महिला कानुन र विकास मञ्चको स्थापना गरेकी थिइन् । गर्भपतनलाई कानुनी मान्यता दिलाएबापत अमेरिकाको मार्गेट सेनार पुरस्कारबाट सम्मानित सपनाले सन् २००८ मा लैंगिक समानताका लागि योगदान गरेवापत बहुचर्चित ग्रुबर अन्तर्राष्ट्रिय महिला पुरस्कार पनि पाइन् । शारीरिक सुन्दरताको रहस्य खोल्ने क्रममा सपनाले भनिन्- दैनिक जिम गर्छु, सातामा एकपटक स्वीमिङ गर्छु, सकारात्मक विचारलाई महत्त्व दिन्छु ।
१० ऋचा शर्मा 
ऋचा शर्मालाई नेपाली चलचित्र उद्योगमा आशालाग्दी नायिकाका रूपमा लिइन्छ । मिस नेपालकी समेत प्रतिस्पर्धी ऋचा आकर्षक शरीर भएकी नायिकाका रूपमा स्थापित हुने तरखरमा छिन् । सुहाउँदो कालो छाला, ठूला आँखा, कोठीको ग्लामर ऋचाका अन्य आकर्षण हुन् । 'ऋचा जस्तो सबै कुराले पूर्ण नायिका मैले अहिलेसम्म देखेको छैन' नायक आर्यन सिग्देलले भने- 'उनी कम्प्लीट नायिका हुन् ।' ऋचा अहिलेका नायिकाहरूमध्ये टिनएजरहरूले सबैभन्दा मनपराउने नायिकाका रूपमा ऋचा स्थापित भएको गायक राजेश पायल राइले बताए । आफूलाई नायिकाभन्दा पनि कुशल अभिनेत्रीका रूपमा चिनाउन चाहने ऋचाले अभिनय गरेको पछिल्लो चलचित्र 'फस्ट लभ' ले दर्शकको अत्यधिक माया पायो । ऋचा सर्वेक्षणका क्रममा सपना मल्ल प्रधानसँगै दसौं स्थानमा पर्न सफल भइन् ।
0 comments:
Post a Comment