शुक्रबार दुई एक्सन चलचित्र भिड्दै

शिक्षित युवा बेरोजगार भएपछी उनीहरूले पार गर्नसक्ने सिमाको बिषयलाई लिएर निर्माण गरिएको चलचित्र'तहल्का डटकम' शुक्रबारबाट राजधानीका हलहरूमा प्रदर्शन हुँदैछ ।दिपक परिकोटीले निर्देशन गरेको सो चलचित्र युवाबर्गलाई लक्षित गरि निर्माण गरिएको बताईएको छ ।यसभन्दा अगाडी 'तेजाब' नामक चलचित्र बनाएका दिपकले शिर्षक अनुसार चलचित्रमा चोरी डकैतीको कथालाई प्रस्तुत गरिएको बताए । चलचित्रमा रमित ढुंगाना, दिलिप रायमाझी, ऋचा घिमिरे, पूजना स्त्री, हेमन्त बुढाथोकी, राघव आचार्य लगायतको अभिनय रहेको छ । स्पीड ग्रुप अफ मेकर्सको व्यानरमा राजेन्द्रमान श्रेष्ठ, रबिन महर्जन तथा अर्जुन महर्जनले निर्माण गरेको सो चलचित्रमा बसन्त सापकोटा र दिपक शर्माको संगीत, अष्ट महर्जनको द्वन्द, शिव शर्माको नृत्य तथा युवराज राईको छायाँकन रहेको छ । चलचित्रको कथा सुवास सिंह बस्न्यातले लेखेका हुन् । यो चलचित्र क्यू सिस्टमबाट प्रदर्शनमा आउन लागेको हो ।यसैगरी रिजाल एण्ड रिजाल फिल्मसको व्यानरमा रामप्रसाद रिजालले निर्माण गरेको चलचित्र 'कसम' पनि भोली शुक्रबार अर्थात फाल्गुन १३ सार्वजनिक हुँदैछ । नेपाली समाज भित्र रहेका टोले दादाहरुको जीवन शैलीलाई आधार मानेर निर्माण गरिएको सो चलचित्रमा निखिल उप्रेती, सुमन सिंह, उषा पौडेल, सोभिता सिंखडा, कमल कृष्ण लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।निर्माता रामप्रसादका भाई लक्ष्मण रिजालले निर्देशन गरेको सो चलचित्रमा शिव ढकालको छायांकन, कमल राई र गोबिन्द राईको नृत्य निर्देशन, अस्ट महर्जनको द्वन्द र सुरज मालीको सङ्गीत रहेको छ ।

0 comments:

Post a Comment