आर्यन र सुदर्शन बिच मनमुटाव

गत सोमबार नायिका शुष्मा कार्कीले आफ्नो २२ औं जन्मदिन मनाईन् । उनको जन्मदिनको पार्टीमा उनका आफन्त र नजिकका साथी र केहि चलचित्रकर्मी उपस्थित थिए तर आफूले दाई मान्दै आएका नायक आर्यन सिक्देल भने सो पार्टीमा देखिएनन् । आर्यन बहिनीको पार्टीमा नदेखिएपछि फिल्मीखबरले त्यसलाई चासोको रूपमा लियो । बुझ्दै जाँदा त नायक आर्यन र नायिका कार्कीका प्रेमी भनिएका निर्देशक सुदर्शन थापा बिच अहिले मनमुटाव भएको कुरा गोप्य रूपमा थाहा हुन आएको छ ।अहिलेका हट केक नायक सिक्देल र चलचित्र 'मेरो एउटा साथी छ' निर्देशन गरेर चर्चामा आएका निर्देशक थापा बिच मनमुटाव भएपछि यो कुरा तातो बहसको रूपमा रजतपटमा छाएको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार एकातिर नायक आर्यनले आफूले गर्दा निर्देशक थापा चर्चामा आएको बताउँदै आएका छन् भने अर्कातिर निर्देशक थापाले आफ्नो चलचित्र 'मेरो एउटा साथी छ' बाट आर्यन चर्चामा आएको बताएका छन् । यि बिबादले यि दुई बिच मनमुटावको अवस्था सिर्जना गरेको बुझिएको छ ।निर्देशक थापाले पहिलो पटक मेरो एउटा साथी छ चलचित्र निर्देशन गरे र सो चलचित्रमा आर्यनलाई मुख्य भुमिकामा प्रस्तुत गरेका थिए । त्यसपछि थापाले मेरो लभस्टोरी निर्देशन र सो चलचित्रमा पनि नायक आर्यन नै मुख्य भुमिकामा प्रस्तुत भएका छन् । केहि दिन अगाडी मात्र छायाँकन सकिएको थापाको तेस्रो चलचित्र 'के यो माया हो' मा पनि आर्यन नै मुख्य भुमिकामा छन् । निर्देशक थापाले अहिले सम्म ३ वटा चलचित्रको निर्देशन गरिसकेका छन् र ति तीनै चलचित्रमा आर्यनले मुख्य भुमिका निर्वाह गर्दा यि दुई बिचको सम्बन्ध राम्रै रहेको बुझिन्छ । तर अहिले आएर यि दुई बिचको सम्बन्धमा तुसारपात आउनु पक्कै पनि दु:खको कुरा हो ।भनिन्छ एउटै खाटमा सँगै सुतेपछि अन्जानमा लागेको लात एकअर्काले सहनु पर्छ । त्यसैले एउटै कर्मथलोमा काम गर्दा सानातिना कुरामा ठाकठुक परेपनि त्यसलाई बिकराल समस्याको रूपमा नहेरी एकले अर्काको कामलाई सहयोग गर्दा कस्तो होला नायक र निर्देशक ज्यू ?

0 comments:

Post a Comment