केकीसँग मोबाईल गफ

प्रशन्न पौडेल निर्देशित चलचित्र ‘स्वर’बाट नेपाली सिनेमा क्षेत्रमा छिरेकी नायिका केकी अधिकारीसँग हामीले मोबाईलको बिषयमा छोटो मिठो गफ गरेका थियौँ । हेरौँ, मोबाईलका सम्बन्धमा हाम्रो दश प्रश्नको केकीको दश उत्तर ।
०१– हाम्रो प्रश्न– हालसम्म कतिवटा मोबाईलहरु बोक्नुभयो ?
केकीको उत्तर– चार वटा ।
०२– हाम्रो प्रश्न– सबैभन्दा पहिले मोबाईल बोकेको क्षण याद छ ?
केकीको उत्तर– आजभन्दा तिन बर्ष अगाडि, जतिबेलामा म एघारको अध्ययनलाई निरन्तरता दिँदै थिएँ ।
०३– हाम्रो प्रश्न– कुन ब्रान्डको मोबाईल थियो त्यो ?
केकीको उत्तर– नोकियाको, अझैपनि घरमा मसँग सुरक्षित छ त्यो सेट ।
०४– हाम्रो प्रश्न– मोबाईल हराउनु भा’छ ?
केकीको उत्तर– एउटा हराएको छु, सायद नोकियाकै थियो त्यो ।
०५– हाम्रो प्रश्न– कुन मोबाईल मनपर्छ ?
केकीको उत्तर– स्यामसुङ्गको, अहिले पनि मसँग स्यामसुङ्गकै कर्भी मोबाईल सेट छ ।
०६– हाम्रो प्रश्न– मिसकल कत्तिको आउँछ ?
केकीको उत्तर– कुरै नगर्नुस, दिक्क बनाउँछन् । अब नम्बर परिबर्तन गर्ने बिचारमा छु तर धन्दा नमान्नुस् तपाईहरुलाई पक्कै खबर गर्नेछु ।
०७– हाम्रो प्रश्न– मिसकल कत्तिको गर्नुहुन्छ ?
केकीको उत्तर– अहँ, गर्दिन् । कहिलेकाहीँ भन्या बेग्लै कुरो ।
०८– हाम्रो प्रश्न– मोबाईल गिफ्ट पाउनुभा’छ ?
केकीको उत्तर– अँ, एउटा पा’को छु । बिदेशमा बस्ने दादाले दिनुभएको थियो । नोकिया ३११०
०९– हाम्रो प्रश्न– कसैलाई मोबाईल गिफ्ट दिनुभा’छ ?
केकीको उत्तर– अहँ, आजसम्म छैन ।
१०– हाम्रो प्रश्न– मोबाईलमा कुरा गरेर दिनमा कति पैसा खर्च गर्नुहुन्छ ?
केकीको उत्तर– अँ,,खर्च हुन्छ त्यस्तै ५० देखि १०० रुपैँयासम्म ।

0 comments:

Post a Comment