फ्लप किन हुन्छन् सिनेमा ?

प्रायः चलचित्र पण्डितहरुको मत हुन्छ- स्वदेशी सिनेमाको ब्यापार नहुनुमा दर्शकहरुले चलचित्र नहेर्नु । कतिपयले त 'नेपाली दर्शकसँग पैसा छैन' त्यसैले नेपाली चलचित्रले राम्रो ब्यापार गर्दैन पनि भने । वास्तबमा कुरो त्यसो हैन रै'छ एउटा गहिरो अध्ययनपछि थाहा हुन आएको छ कि नेपाली चलचित्रले घाटामा ब्यापार गर्नुको प्रमुख कारण न दर्शकसँग पैसा नभएर नै हो न त दर्शकले चलचित्र नहेरेर नै । यसको मुल कारण हो 'दर्शकहरुको पैसा बाँडिएर ।हिजोआज सप्ताहन्त घटीमा पनि २ चलचित्र रिलिज हुने गरेका छन् । एकसातामा दुईदेखि तीन वटासम्मका चलचित्र वा त्यो भन्दा धेरै चलचित्र रिलिज भैदिएपछि दर्शकहरुले छानी छानी हेर्न पाउने भए । अनि त एउटै चलचित्रले पाउने पैसा दुईतीनतिर भाग लगाउनु परेपछि घाटाको ब्यापार त हुने नै भयो ।यस कुरामा निर्माता जयप्रकाश रिजाल पनि सहमत छन् । भन्छन् 'हामी राम्रा-राम्रा सिनेमा बनाउँदै छौ तर त्यसलाई चलाउन जान्दैनौँ नत्र भने पछिल्लो समयमा स्तरीय मानिएका सिनेमा 'एक दिन एक रात', 'बाटो मुनिको फुल' जस्ता प्रोजेक्टले सोचे जस्तो ब्यापार गर्न किन सकेनन् त ?पछिल्लो उदाहरणको रुपमा हामी 'नबिर्सें तिमीलाई न पाएँ तिमीलाई', 'देशदेखि बिदेशसम्म' र 'चिनो' लगायतलाई लिन सक्छौँ ती सिनेमा उपत्यका भित्रका हलहरुमा एकैसाथ प्रदर्शनमा आएका थिए । यी चलचित्रले समग्रमा एक साताभित्र करिब ३० लाखको हाराहारीमा ब्यापार गरेका थिए । यदि यो सबै पैसा एउटै चलचित्रको पोल्टोमा परेको भए चलचित्रले राम्रो ब्यापार गरेको ठहरिन्थ्यो तर त्यसो भएन त्यहाँ पनि पैसा बाडिँयो । सबै चलचित्र १०-१० लाख रुपैया थापेर चित्त बुझाउन बाध्य भए । भनेपछि चलचित्र बनाएर मात्रै नहुँदो रै'छ चलाउने उपाय नजानेपछि दुःख पाईने रैछ ।

0 comments:

Post a Comment