रिल र रियल लाइफका जोडीहरु

नेपाली सिनेमा क्षेत्रभित्र समय–समयमा रोचक प्रेम–प्रसङ्गहरु सुन्नमा आउँछन् । ति मध्ये कतिले लामो समयसम्म प्राथमिकता पाउँछन् भने कति नफक्रिदै ओईलाउँछन् । सिनेमा भित्र जे देखाईए वा देखिए पनि कतिको जोडी त सिनेमा बाहिरै पनि दुबो मौलाए सरी मौलाएका उदाहरणहरु नगन्य भेटिन्छन् । यस्ता प्रेम जोडीहरुले आफ्नो प्रेमलिला बाहिर ल्याउन नचाहे पनि कहिँकतैबाट लिग भैहाल्छ र सर्वत्र चर्चाको बिषय बन्छ । त्यसमा पनि कति सत्य हुन्छन् भने कति भ्रामिक ।इतिहासलाई फर्केर हेर्ने हो भने, चरित्र अभिनेता हरिहर शर्मा र सकुन्तला शर्माको बिवाह पनि यसै क्षेत्रको निकटताको प्रतिफल हो । कृष्ण मल्ल, सर्मिला मल्ल र भुवन केसी, सुस्मिता केसीको जोडी पनि यहि क्षेत्रमा प्रवेशसँगै बाँधिएको हो । हालसम्म अबिवाहित अभिनेता राजेश हमाल र सुन्दरी अभिनेत्री करिश्मा मानन्धर बिचको प्रेमकहानी रिल लाइफमा मात्र नभै रिल लाइफमा पनि छ, भन्ने सर्वत्र चर्चा नचलेको होईन । त्यसो त करिश्माको बिवाह यसै क्षेत्रसँग आबद्ध कलाकार तथा निर्माता बिनोद मानन्धरका साथ भएको थियो । यता भुवन केसी र अभिनेत्री रुपा राणा बिचको प्रेम–प्रसङ्गले पनि एक समय नेपाली सिनेमा बजार तताएको थियो । यो त कास्टिङ मात्रै हो, अझै अगाडि बढौँ, कुशल नृत्य प्रस्तुत गर्ने अभिनेता श्रीकृष्ण श्रेष्ठको हाल अमेरिकामा रहेकी अभिनेत्री पुजा चन्दसँग रियल लाइफमै चक्कर छ, भनेर पनि फिल्मी बजार तताईयो । त्यस्तै हाल नेपाली सिनेमा क्षेत्रबाट टाढा रहेका अभिनेता रमेश उप्रेती र अभिनेत्री जल शाहको प्रेम–प्रसङ्गले पनि चर्चाको शिखर चुम्यो ।यसरी पुर्खाको नक्कल गर्दै हालसम्म आईपुग्दा पनि प्रेम जाल बुन्नेहरु धेरै चलचित्रकर्मीहरु भेटिन्छन् । यसमध्ये कतिले लुकीछिपी र चुपचाप माया पिरती गाँसिरहेका छन् भने कतिले माया गर्नु कुनै पाप हैन भन्दै यसलाई लुकाउन भन्दा पनि फुकाउन ब्यस्त देखिन्छन् ।अभिनेता श्रीकृष्ण श्रेष्ठ भने यस मामलामा थाकेका छैनन् । अबिवाहित यी हिरो हाल कहाँ भेटिएला चलचित्र मार्फत नेपाली सिने जगतमा छिरेकी नायिका श्वेता खड्कासँगको प्रेम–प्रसङ्गका कारण चर्चामा छन् । यस्तै गरी भिजेबाट हिरो बनेका बिनय श्रेष्ठ र हिरोइन बनेकी ऋचा शर्मा पनि हालका चर्चित प्रेमजोडी हुन् । लुकीछिपी माया लाउन नचाहने यी दुई सधैँ जसो सँगै भेटिने गर्दछन् । उता अर्को शाहसी प्रेम जोडीको त प्रेम–प्रसङ्ग बाँकी नै छ, जसले दुई बिचको प्रेमलाई बिवाहमा समेत परिण गरिसकेका छन् । निखिल उप्रेती र सँचिता लुईटेल बिचको प्रेम–प्रसङ्गले पनि नेपाली सिनेमा क्षेत्र तात्तियो । प्रेमपछि बिवाह र बिवाहपछि सिने क्षेत्रबाट केही टाढा पुगेका यि दुई रियल लाइफका जोडीको प्रेमकहानी पनि रोचक मान्न सकिन्छ ।सानो पर्दातिर हेर्ने हो भने चर्चित हास्यसिरियल मेरी बास्सैका सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को जोडी पनि कलायात्रा सँगसँगै यो बिन्दुमा पुगेको हो भने सानो पर्दाकै कलाकारहरुद्धय दीपाश्री निरौला र दिपकराज गिरीको रियल लाइफ रोमान्सको चर्चा पनि सुनिएकै बिषय हो ।यसरी नेपाली सिनेजगतको उत्पत्ति देखि नै रिल लाइफ सँगसँगै रियल लाइफ प्रेम–प्रसङ्ग पनि अघि बढेको पाईन्छ । कति प्रेम–प्रसङ्ग समिक्षा गर्न लायक बने भने कति त त्यत्तिकै सेलाए ।

0 comments:

Post a Comment