देशभर 'मनमनै मन पराएँ'

राजेन्द्र उप्रेती निर्देशित चलचित्र 'मनमनै मन पराएँ' शुक्रबारदेखि काठमाडौं लगायत मोफसलका हलहरूमा एकसाथ प्रदर्शन भईरहेको छ । मातृभूमि नेपाल मुभिज प्रालिको ब्यानरमा रामेश्वर भट्टराई र उत्तम केसीले निर्माण गरेको सो चलचित्रमा मुकेश ढकाल, राज तिम्लिसिना, ऋचा सिंह ठकुरी, जय किशन बस्नेत, मिथिला शर्मा, सुनिल थापालगायतले अभिनय गरेका छन् ।प्रेमकथामा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्रमा आफ्नो माया खोज्दै गरेकी आरजे युवती र दुई युवकको कथालाई त्रिकोणात्मक शैलीमा प्रस्तुत गरिएको छ । शिबम अधिकारीको कथा रहेको सो चलचित्रमा कृष्ण श्रेष्ठले क्यामेरा चलाएका छन भने प्रदिप श्रेष्ठको नृत्य, हिमाल केसीको द्धन्द्ध साथै बसन्त सापकोटा र महेश खड्काको संगीत रहेको छ ।चलचित्र 'मनमनै मन पराएँ' को शुक्रबार काठमाण्डौको बालाजु स्थित अष्टनारायण हलमा बिहान ११ बजे सञ्चारकर्मी, चलचित्रकर्मी र आफन्तहरू माझ प्रिमियर गरियो । चलचित्र तन्नेरी पुस्ताका दर्शकलाई लक्षित गरि निर्माण गरिएको निर्देशक उप्रेतीले बताए ।

0 comments:

Post a Comment