कन्सर्टको होस्ट दिनेश र माल्भिका

यहि १९ तारिख अर्थात् फागुन ७ मा हुने भनिएको चर्चित क्यानेडियन गायक ब्रायन एडम्सको कन्सर्टको होस्ट चलचित्र निर्देशक एवँ सँचारकर्मी दिनेश डिसीले गर्ने भएका छन् ।ब्रायनका ख्याति प्राप्त गीतहरुसँगै रम्न पाईने उक्त कन्सर्ट बिच डिसीका साथमा पुर्व मिसनेपाल माल्भिका सुब्बा पनि रहनेछिन् । कन्सर्टको सुरुवात दिउँसोको दुई बजेदेखि हुने र त्यसबिचमा ईन्डियन डिजेहरुको डिजे सेसन, १९७४ एडी, रोबिन एण्ड न्यु रिभोलुसन, नमस्ते ब्यान्ड र मँगोलियन हार्ट जस्ता नेपाली ब्यान्डहरुको साँगीतिक प्रस्तुति रहने डिसीले बताए ।कुराकानीकै शिलशिलामा एन टिभीबाट हरेक मँगलबार प्रसारण हुने आफ्नो ट्यालेन्ट हन्ट शो ‘खोजी प्रतिभा’मा अन्तिम पाँच प्रतिस्पर्धीहरु बिच भिषण घम्साघम्सी चलिरहेको पनि उनले बताए ।डिसीले सावधान, दाईको ससुराली जस्ता नेपाली सिनेमाहरु निर्देशन गरिसकेका छन् ।

0 comments:

Post a Comment