सिआरविटीमा सिनेमाका गीतहरु

पछिल्ला समयमा एक–दुईवटा बाहेक अरु धेरै नेपाली सिनेमाका गीत–सँगितहरु सफल मानिएका छैनन् । दिपक लिम्बु, अन्जु पन्त, रजिना रिमाल, प्रबिशा अधिकारी, सुगम पोखरेल, स्वरुपराज आचार्य जस्ता पाश्र्व गायक गायिकाहरुको आवाज आजकाल बढि मात्रामा सिनेमाका गीतहरुमा सुन्न पाईन्छ।सँगितकार महेश खड्काले सँगित भरेको‘नाइँ नभन्नु ल’का गीतहरु सिने बजारमा निकै सफल मानिएका छन् ।नेपाल टेलिकमको सिआरविटी सेवा अन्तर्गत हालसम्म दिपकको स्वरको ‘नाइँ नभन्नु ल’ बोलको फिल्मको शिर्ष गीतको सिआरविटी १,११,२८९ को सँख्यामा डाउनलोड भएको पाईन्छ भने रजिनाको स्वरमा सजिएको फिल्मको सोही गीतको सिआरविटी ५८,४८५ को सँख्यामा डाउनलोड भएको छ ।त्यस्तै,फिल्मकै‘म मर्ने बेलाँ’बोलको गीतलाई पनि हालसम्म १८,४१४ को सँख्यामा नेपाल टेलिकमको सेवाग्राहीहरुले डाउनलोड गरेका छन् ।त्यस्तै,यसभन्दा अगाडी नै उपत्यका बाहिर रिलिज भएको र उपत्यकाभित्रको प्रदर्शनका लागि पालो कुरेर बसेको ‘शिलशिला’को‘सागरसरी’ बोलको गीत पनि सिने बजारमा रुचाईयो ।जसमा सँगितकार बसन्त सापकोटाले सँगीत भरेका थिए।नेपाल टेलिकमको सिआरविटी सेवा अन्तर्गत दुइलाख हाराहारीमा उक्त गीतको सिआरविटी डाउनलोड भएको थियो । त्यसैगरी नवसँगीतकार अर्जुन पोखरेलले सँगीतबद्ध गरेका दिलमाया चलचित्रको ‘छुट्छ कि साथ’ बोलको गीतको सिआरविटी पनि हालसम्म ६५,९८९ को सँख्यामा डाउनलोड भएको छ ।हाल आएर यश कुमारले सँगीत भरेका ‘बाटो मुनिको फुल’को तिमीलाई कुनै पल गीतको सिआरविटी २३,८१३ को सँख्यामा डाउनलोड भएको छन् भने चलचित्र ‘मनमनै मन पराएँ’को शिर्ष गीतको सिआरविटी ३,३३५ को सँख्यामा डाउनलोड भएको छ ।साभार:मेरोसिनेमा

0 comments:

Post a Comment