'यो मेरो २४औ रिवन कटाई हो ।' टाईसुटमा ठाटिएर २४ औँ नम्बरको रिवन काट्न उपस्थित भएका अभिनेता श्रेष्ठले सो स्टुडियोको पूरै अवलोकन गरेका थिए । यस्तै अवलोकनसँगै उनले ओम जय गुरू श्रीगणेशाय नमः भनेर आफ्नो अवाजलाई रेकर्ड समेत गराए ।रेकडिष्ट सुरेश मान संगामीको २५ लाख लगानीमा स्थापना गरिएको सो स्टुडियोमा फाईभ प्वाईन्ट वान सराउन्डीङ्ग सिस्टममा गीत रेकर्डिङ्ग, डबिग तथा ब्यागराउन्ड स्कोरको सुविधा प्रदान गर्न सकिने सञ्चालक संगामीको भनाई छ ।यस्तै पछिल्लो समय उद्धघाटन लगायतका विभिन्न कार्यक्रममा आफ्नो सक्रियता बढाउन थालेका श्रेष्ठ आगामी शुक्रबार सिन्धुपाल्चोकको देउरालीमा पुगीमा त्यहाँको गाँउमा पहिलोपटक बत्ती बाल्ने काम गर्दैछन् ।सो बत्ती बाल्ने उद्धघाटन समारोहमा यिनको रिवन कटाई २५ औँ नम्बरको हुने छ । देउरालीमा बिजुली पुर्याउने काममा श्रेष्ठ सक्रिय भएर लागेका थिए जस अनुरूप सो स्थानका बासिन्दाले उनको हातबाट गाँउलाई उज्यालो पार्ने भएका हुन् ।













0 comments:
Post a Comment