साताको ग्रस कलेक्सन

यो साता पनि नेपाली सिनेमाको बक्स अफिस रिपोर्ट राम्रो आउन सकेन । प्रदर्शनरत सबै फिल्महरुले आफ्नो लगानी समेत उठाउन नसक्ने छाँट देखाए ।फागुन ६ देखि देशभर प्रदर्शनमा आएको ‘मनमनै मन पराएँ’ले हिन्दी कपी नेपाली सिनेमाको बिल्ला त भिर्यो नै, तै पनि ब्यापारमा भने औषत रहेको पाईयो । राजेन्द्र उप्रेती निर्मित यस सिनेमाले पहिलो सातामा तिस लाख पुग–नपुग ब्यापार गरेको डि.सि.यन बितरण प्रमुख दिपक दँगालले मेरोसिनेमालाई बताए ।माघ २८ गतेदेखि देशभर रिलिज भएको लोकेन्द्र कार्की निर्मित सिनेमा ‘शासन’ आफ्नो लगानी उठाउन सकिने हो कि नसकिने हो भन्ने दोधारमा कछुवाको तालमा अघि बढ्दै छ । पहिलो साता राम्रै ब्यापार गरेको शासन तेस्रो सातामा आएर काठमान्डौंका चार हलमा मात्र सिमित हुन पुग्यो । लगभग डेढ करोडको भारी बजेटमा निर्मित यो सिनेमाले हालसम्म ६० लाख हाराहारीको ब्यापार गरेको बितरक सुनिल मानन्धरले बताएका छन् ।त्यस्तै,प्रशन्न पौडेल निर्देशित ‘स्वर’को ब्यापार पनि उल्लेखनीय पाईएन् । सिमित सिनेमा हलमा प्रदर्शनरत स्वरले हालसम्म ४७ लाख हाराहारीको ब्यापार गरेको छ । यस हिसाबले स्वरले पनि आफ्नो लगानी उठाउन सकेन । यता, माओवादीको कथावस्तुमा आधारित ‘हिउँका लप्काहरु’ नाम गरिएको सिनेमा भने ब्यापारिक उद्देश्यले नचलाईएकोले यसको कलेक्सन रिपोर्ट हामीलाई प्राप्त भएन ।यसरी,नेपाली सिनेमाहरुको यो साताको ब्यापार पनि सोचे जस्तो हुनसकेन् । अब प्रदर्शनमा आएका दुई सिनेमाहरु ‘कसम’ र‘तहल्का डट कम’को ब्यापार सन्तोषजनक हुन्छ कि यहि आशा गरौं ।

0 comments:

Post a Comment