रजतपटको ५ बर्षे खुशी

'मिहेनत र सँघर्षले इतिहास कोरिन्छ' भन्ने एउटा तितो सत्यलाई उजागर पार्यो कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने एक पृथक फिल्मी कार्यक्रम रजतपटले ।यो सम्पुर्ण नेपाली चलचित्रकर्मी र दर्शकहरुका लागि पक्कै पनि खुशीको खबर हो कि रजतपटले हिजो बेलुकी आफ्नो प्रसारणको गौरवमय ५ बर्ष पुरा गरेको अवसरमा एक भब्य सभ्य र गज्जबको कार्यक्रम आयोजना गर्यो । टन्नै र खचाखच चलचित्रकर्मीहरुको भिडभाड बिच रजतपटका निर्माता तथा प्रस्तोता प्रकाश सुवेदी प्रशन्न देखिन्थे । रजतपटको सफल ५ बर्ष र अब आउने चुनौती बिच ऊनी भन्दै थिए'हामी सधैँ चलचित्र क्षेत्रका बिकि्रति र बिसङ्गति बिरुद्ध कैँची चलाउँछौ ।'उक्त कार्यक्रम बिच रजतपटको ५ बर्षे यात्राका सहयात्री र सहकर्मीहरुलाई मायाको चिनो पनि प्रदान गरियो । नेपाली चलचित्र क्षेत्रका अनेक चुनौतीलाई स्विकार्दै इतिहास कोर्न तत्पर एक पृथक फिल्मी कार्यक्रम रजतपट रजतपट टोली अनि यसका निर्माता तथा प्रस्तोता प्रकाश सुवेदीलाई हाम्रो शुभकामना ॥चलचित्र फँटमा दुबो मौलाए सरी मौलाउनुस् ।अनि यस क्षेत्रका बिकि्रति र बिसङ्गति बिरुद्ध कैँची चलाउँनुस् ।

0 comments:

Post a Comment