'मन परेपछि' को सफलताका लागी लाख बत्ती बालिने

निर्माता दिपक रमणले आफ्नो चलचित्र 'मन परेपछि' को सफलताका लागी भोलि बिहान लाख बत्ती बाल्ने भएका छन् । आफन्त र केहि चलचित्रकर्मी माझ गरिन लागेको सो पूजा ललितपुरको नख्खु स्थित बैष्णव मन्दिरमा बिहान ८ बजेबाट शुरू हुने निर्माता रमणले जानकारी दिए ।चैत्र १८ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भनिएको सो चलचित्रले राम्रो व्यापार गरोस् भन्नका लागी लाख बत्ती बाल्न लागिएको निर्माता रमणले बताए । सुमन दहालले निर्देशन गरेको चलचित्र मन परेपछिमा द्वन्द्व र हास्य बिषयलाई पनि समेटेर मनोराजनात्मक तरिकाले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । आफुलाई मनपरेको कुरा पाउन मान्छेले कति सम्म गर्न सक्छ र पाईसकेपछि गुम्न लाग्दा कसरी संरक्षण गर्छ भन्ने कुरालाई कलात्मक तरिकाले प्रस्तुत गरिएको यो चलचित्रमा निखिल उप्रेती, रमित ढुङ्गाना, दिनेश डि.सी. र नयाँ प्रस्तुतिको रुपमा कल्पना शाहीले अभिनय गरेका छन् ।दिपक रमण को संगित तथा प्रस्तुती रहेको यो चलचित्रलाई राधिका श्रेष्ठ, सागर नेपाल र गोबिन्द बोहोराले निर्माण गरेका हुन् । ध्रुब लम्सालको पटकथा, संबाद रहेको यो चलचित्रमा राम/जनकको द्वन्द्व, दिब्य सुबेदीको छायाँकन, रबि राज अर्यालको कथा रहेको छ भने नरेश भट्टराई, दयाराम पाण्डे र शासको गित तथा राजेश पायल राई, अन्जु पन्त, माण्डबि त्रिपाठीको स्वर रहेको छ ।

0 comments:

Post a Comment