पर्खाइमा सिनेमा

यति बेला, नेपाली चलचित्रको ब्यापार राम्रो नभए पनि निर्माण क्रम भने रोकिएको छैन । चलचित्रको बढ्दो निर्माणका कारण धेरै चलचित्रहरु अहिले राजधानीका हलहरुमा प्रदर्शनका लागि पालो पर्खिबसेका छन् ।दिनेश शर्माको ‘महान’, लोकेन्द« कार्कीको ‘शासन’दिपक परिकोटी निर्देशित ‘तहल्का डटकम’, नवल खड्काको ‘दशगजा’,शुशिल पोखरेलको ‘निगरानी’, राजेन्द« उप्रेती निर्देशित ‘मनमनै मन पराएँ’ त्यस्तै अन्य चलचित्रहरु ‘बदमास’,‘माया यो कस्तो माया’ राजधानी भित्रबाट आफ्नो प्रदर्शनको पालो कुर्दै छन् ।यस बाहेक सहारा, मिष्टर मँगले, जय शिव शँकर,न शिव आफ्नो, शिलशिला, जिन्दगी, राज्य, तोड, बाटुली, दिवानापन, दि युगदेखि युगसम्म जस्ता राजधानी बाहिर प्रदर्शन भैसकेका चलचित्रहरु पनि राजधानीमा प्रदर्शनको पर्खाइमा छन् ।

0 comments:

Post a Comment