बलिउड स्टाईलको हावा फिल्म

‘वल्र्डवाइड मुभि मेकर’को निर्माणमा आज एक नेपाली चलचित्रको शुभसाईत गरियो, जसलाई यसका निर्देशक शँकर घिमिरेले “बलिउड स्टाईलको हावा फिल्म” भन्न रुचाए ।उक्त बलिउड स्टाईलको हावा फिल्मको नाम हो, ‘ब्रेक फेल’ ।ऋचा घिमिरेको प्रस्तुति ब्रेक फेलमा राजेश हमाल, ऋचा घिमिरे, बिमलेश अधिकारी, निरज बराल र नयाँ प्रतुतिका रुपमा चिरन, अस्मिता कँडेल, मदन महत लगायतका कलाकारहरुको अभिनय हेर्न पाईनेछ । चलचित्रको शुभसाईत चलचित्र बिकास बोर्डका अध्यक्ष अमर गिरी र सभासद् सपना मल्लले सँयुक्त रुपमा पानसमा दियो बालेर गरे ।कमेडी धारमा निर्माण हुने यस चलचित्रमा सत्य स्वरुप, सुदिन पोखरेल र नवसँगितकार युग भुषालको सँगित रहनेछ । चलचित्रका सम्बनधमा थप कुरा गर्दै निर्देशक शँकरले भने, “एउटै ढर्राको नेपाली फिल्महरुको निर्माणक्रम बढिरहेको बेलामा ब्रेकफेल पक्कै पनि अलगधारको हुनेछ ”।घिमिरे दम्पतिलाई हाम्रो शुभकामना,“यो बलिउड स्टाईलको हावा फिल्मले हावा चैँ नखाओस् है” ।।

0 comments:

Post a Comment