फिल्म फ्लप भए बिहे गर्दिँन्

नेपाली सिनेमा क्षेत्रभित्र धमक्याउँने र घुर्क्याउने शिलशिला पहिले देखि नै चलिआएको हो । कसैले फिल्म हलमा चालाउनका निमित्त धम्क्याए, कसैले फिल्म हिट बनाउनका निमित्त घुर्क्याए । यसैबिचमा एक निर्माताले दर्शकलाई अलि बेग्लै शैलीले घुर्क्याएका छन् । ती निर्माता हुन्, ‘राम प्रसाद रिजाल’ ।यही फागुन १३ बाट देशब्यापी रुपमा प्रदर्शन हुन लागेको आफ्नो सिनेमा ‘कसम’ हिट नभएको खण्डमा यि निर्माताले बिहे नगर्ने बताएर दर्शकलाई घुक्र्याएका छन् ।‘मेरो सम्पुर्ण सम्पति भनेको नै ‘कसम’ हो, मैले यसमा मेरा सबै श्रीसम्पति खन्याएको छु’, रामले भने,‘यदि फिल्म नै हिट भएन भने कसरी मैले अर्काकी छोरीलाई पाल्न सक्छु’ । रामले बिभिन्न सँचारमाध्यमहरुमा भन्दै आएका छन् कि, ‘लगभग ६० लाख हाराहारीको बजेटमा बनेको फिल्मभित्र आफ्नो बिहे खर्च पनि मिसा’छु, यदि फिल्म फ्लप भएमा मैले बिहे गदिँन् ।आफ्नो अघिल्लो प्रोजेक्ट ‘वन डे’बाट पनि असफलता भोगेका रामका भाई लक्ष्मण रिजाल यस फिल्मका निर्देशक हुन् । रिजाल एण्ड रिजाल प्रोडक्सनको निर्माणमा बनेको ‘कसम’ भित्र निखिल उप्रती, कमल कृष्ण, सुमन सिँह, पुष्पा पौडेल, शोभिता सिँखडा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई निखिल अभिनित अहिले सम्मको अन्तिम चलचित्र पनि भनिएको छ ।
त्यसो भए रामले सिता पाउने कि नपाउने यो दर्शकको जिम्मामा ।

0 comments:

Post a Comment