फेरी अर्को उपहार योजना

फिल्म चलाउन अनेक जुक्ति खोज्ने नेपाली चलचित्रकर्मीहरुको बानी नै परिसक्यो । कोहीले अनेक हल्लासँगै दर्शक झुक्याउँछन्, कोहीले दर्शकलाई रङ्गीबिरङ्गी सामाग्रीको लोभ देखाउँछन् । फिल्मका अडियो क्यासेट, रुमाल, चाउचाउ, चिजवल्स, क्याप, टिसर्ट यि सबैलाई लात मारेर भोलिदेखि देशभर प्रदर्शनमा आउन लागेको सिनेमा ‘कसम’ले दर्शकहरुलाई ‘नयाँबर्षको क्यालेन्डर’ बाँड्दैछ ।फिल्म फ्लप होला कि भन्ने डरै–डरबिच छटपटिरहेका यसका निर्माता रामप्रसाद रिजालले केही समय अगाडी ‘फिल्म फ्लप भए बिहे गर्दिन्’ भन्ने खैलाबैला पनि गरे । यसैबिच भोलि बालाजुमा रहेको अष्टनारायण हलमा ‘कसम’को पहिलो शोमा यसका कलाकारहरुले दर्शकलाई नयाँबर्षको क्यालेन्डर बाड्दै छन् ।‘अगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सिन्छ’ भनेझैं यसका निर्माता, निर्देशक दाजुभाइ राम र श्याम रिजाल पनि पहिलो सिनेमा ‘वन डे’को असफलतासँगै तर्सिएका त हैनन् । जे होस् अब दर्शकहरु क्यालेन्डर हेरी–हेरी निखिल उप्रेती, सुमन सिँह, उषा पौडेल, शोभिता शिँखडा अभिनित ‘कसम’ हेर्न आउने भए ।

0 comments:

Post a Comment