महानायकको फस्टलभ

मेरोसिनेमा, १ फागुन,
हम्मेसी पहिलो प्रेम भुल्दैनन् मानिसहरू । फस्टलभ जिन्दगीभर यादगार बनिरहन्छ । यो भ्यालेन्टाइन डेले महानायक राजेश हमाललाई आफ्नो पहिलो प्रेमको सम्झना ताजा तुल्याइदिएको छ । जीवनको चालिस बसन्त टेक्दासमेत अविवाहित नेपाली अभिनेता हमालले प्रणय दिवसको छेकोमा मेरोसिनेमा डटकमसँग पहिलो प्रेमबारे खुलासा गरेका छन् । राजेश भन्छन् ‘जतिबेला म रुसमा थिएँ । बाबाको कुटनीतिक जागिरको सिलसिलामा हामी मस्को पुगेका थियौं । पहिलोपटक केटीहरूसँगत त्यहीँ भयो । हामी हरेक समरमा ब्ल्याक सी समुन्द्रको छेउ क्याम्प जान्थ्यौं स्कुलबाटै । १४ वर्ष छँदा पोल्यान्डकी एक केटीसँग दोस्ती भयो । इन्नोसेन्ट टाइपको दोस्ती । उसको नाम इरा थियो । म सात कक्षा पढथें ऊ चाहिँ आठ । ऊ आफै आएर नाम सोधेर दोस्ती गरौं भनेकी थिई । एकदिन उसले मेरो कमिज मागेर लगाइ । म दंग थिएँ । मैले जीवनमा पहिलोपटक विपरित लिंगीसँगको अनुभव गरें ।’भलै हमालले जीवनको पहिलो प्रेमको सम्झना गरुन, यद्यपी भ्यालेन्टाइन डे सेलिव्रेट गर्ने फुर्सद भने उनलाई हुनेछैन । यतिबेला यी अभिनेता 'सौर्य' र 'हाता लाग्यो शुन्य'मा व्यस्त छन् र पहिलो प्रेमलाई खुबै मिस गर्नेछन् ।

0 comments:

Post a Comment