राजेश भुवन र करिश्मा एकैसाथ

मेरोसिनेमा काठमाडौं २३ माघ,त्यस्ता कार्यक्रम र समारोह बिरलै आयोजना हुन्छन् जहाँ नेपाली चलचित्र क्षेत्रका त्रिमुर्ति नायकहरु राजेश हमाल भुवन केसी र नायिका करिश्मा मानन्धर एकैसाथ देख्न पाईयोस् ।हिजो बेलुकी रजतपटले आफ्नो प्रशारणको ५ बर्ष पुरा भएको अवसरमा गरेको एक कार्यक्रम बिच यि तिन नेपाली चलचित्र क्षेत्रका दिग्गज ब्यक्तित्वहरुलाई भेटियो । महानायक राजेश हमाल यस समारोह बिच त्यसै पनि खुशी थिए झनै उत्कृष्ट नायक बिधामा मेरो सिनेमा पपुलर एवार्ड आफुले पाउने खबरले उनको खुशी दोब्बर पारेको थियो ।त्यसै बिच उक्त कार्यक्रमका प्रस्तोता निर्देशक सुरेश दर्पण पोखरेलले एवार्ड थाप्न राजेशको नाम उद्घोष गरे भने राजेशलाई एवार्ड हस्तान्तरण गरिदिन भुवन र करिश्मालाई निम्त्याए । त्यतिबेलाको माहोल बेग्लै थियो । भर्खरै काटेको छोटो कपाललाई छोप्ने क्याप अनि मन्द मुस्कानका साथ राजेशले एवार्ड ग्रहण गरे ।रमाईलो कुरा त के भयो भने दार्जिलिङ्गबाट मेरो सिनेमा पपुलर एवार्ड थाप्न आएकी नेपाली भाषी गायिका प्रकृति गिरी र गायकबाट नायक भएका यश कुमारले प्रत्यक्ष गाएको गित 'तिमीलाई कुनै पल'मा भुवन र करिश्मा हात समाएर घुमी घुमी नाचे । 'तिम्रो त्यो केशको छाहारीमा' भन्ने त्यसै गितको एक अँशमा त रोमान्टिक मुद्रामा देखिएका भुवनले करिश्माको केशलाई आधार मानी गित पनि गाए ।जो गायकबाट नायक भएका छन् ति हिट भएका छन् 'भन्दै नायक भुवन केसीले गायक तथा नायक यश कुमारलाई उत्साहित तुल्याए ।यसरी रजतपटको उक्त भब्य समारोह बिच देशका चर्चित चलचित्रकर्मीहरु आफ्नै हिसाबले झुमे ।

0 comments:

Post a Comment