पत्रकारले न्याय पाए

गैर्‍ह गायकलाई फिल्डमा उतारेको भन्दै पत्रकार टोलीले बिरोध गरेपछि गत माघ २२ गते हेटौंडाको हुप्रा चौरमा भएको गायक र पत्रकार बिचको खेलमा आयोजकले पत्रकारको टिमलाई न्याय दिएको छ ।खेलमा गायक टोली ३-१ ले बिजयी भएपनि आधा भन्दा बढी खेलाडीहरू गायक भएको पुष्टी नभएपछि आयोजकले पत्रकार टोली बिजयी भएको घोषणा गरेको छ । गायकको टोलीमा लोकगायक बद्री पंगेनी, गायिका निशा सुनुवार, संगीतकार मिलन मोक्तान र केहि गायक बाहेक अन्य नचिनेको अनुहार भएपछि पत्रकार टोली त्यसको बिरोधमा मैदानमा उत्रेको थियो । मैदानमा उत्रेपनि गायक पक्षले गैर्‍ह गायक भनिएकाको पुष्टी गर्ने प्रतिबद्वता व्यक्त गरेपछि खेल सञ्चालनमा आएको थियो तर पछि गायक टिमले पुष्टी गर्न नसकेपछि आयोजकले पत्रकार टिमलाई सेमिफाईनलको यात्रा तय गराईदिएको छ । अब पत्रकार टोली चैत्र १२ गते पोखरा रंगशालामा सेमिफाईनलका लागी चलचित्र कलाकार र नृत्यनिर्देशक बिचको बिजयी टोलीसँग भिड्ने छ ।बक्स अफिस र सिने स्टार मसिकको आयोजना भईरहेको बक्स अफिस फिल्म लिग २०६७ अन्तर्गत फाल्गुन ६ गते बनेपा रंगशालामा चलचित्र निर्देशक र हाँस्य कलाकारको टिम भिड्दै छ । त्यसैगरी फाल्गुन ६ गते धरान रंगशालामा निर्माता र मोडल बिच भिडन्त हुनेछ भने फाल्गुन १४ गते बुटवल रंगशालामा चलचित्र कलाकार र नृत्यनिर्देशक बिच भिडन्त हुनेछ । सेमी फाईनल अन्तर्गतको पहिलो खेल फाल्गुन २८ गते काठमाण्डौको सानो गौचरणमा बनेपा र धरानबाट बिजेता बनेर आएक टिम फाईनलका लागी प्रतिश्पर्धा गर्नेछन् भने अर्को सेमिफाईनल चैत्र १२ गते पोखरा रंगशालामा पत्रकार र चलचित्र कलाकार र नृत्यनिर्देशक बिच प्रतिश्पर्धा हुनेछ । बक्स अफिस फिल्म लिग २०६७ को अन्तिम खेल अर्थात फाईनल खेल भने चैत्र २९ गते दशरथ रंगशालामा हुनेछ ।'अत्याधिक धनराशी बोकेर आयो फुटबलको महासंग्राम' भन्ने नारा सहित आयोजना हुन लागेको सो खेलमा बिजेता टिमले नगद रू पाँच लाख पाउने आयोजक संस्थाका प्रमुख आरके सुबेदिले जानकारी दिए ।

0 comments:

Post a Comment