१३ फागुनमा ब्याच नम्बर-१६

नवनिर्देशक पीताम्बर पाण्डेको निर्देशनमा बनेको फिल्म ब्याच नम्बर-१६ फागुन १३ बाट मुलुकभरि एकसाथ प्रदर्शन हुने निर्माणपक्षले जनाएको छ । झन्डै एक करोड ३० लाख रुपैयाँमा बनेको यो फिल्मको निर्माता विक्रान्त श्रेष्ठ हुन् ।आमर्फमुला फिल्मभन्दा केही नौलो स्वाद पस्किएको दाबी गरिएको ब्याच नम्बर-१६ मा सुरक्षाकर्मीको कथा प्रस्तुत गरिएको बताइन्छ । पुरुषोत्तम प्रधानको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रेनेसा राईको नृत्य-निर्देशन तथा सुगम पोखरेल, विक्रान्त श्रेष्ठ र किचमान चित्रकारको संगीत रहेको यो फिल्ममा अनुप बराल, सुमन सिंह, अर्पण थापा, रुवी भट्टराई, सुष्मा कार्कीलगायतले अभिनय गरेका छन् ।

0 comments:

Post a Comment